रुपन्देही । नेपालका लागि श्रीलंकन् राजदूत सुदर्शना पाथिरानालाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हाक्याल लामा (खेन्पो छिमे) ले शनिबार राजदूत पाथिरानालाई बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्नु भएको हो ।
उपाध्यक्ष डा. लामाले राजदुत पाथिरानासँग बुद्धजन्मस्थल लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि रुपन्देहीको भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आग्रह गर्नु भयो ।
उहाँले श्रीलंका बुद्धिष्ट राष्ट्र समेत रहेकाले भैहवा विमानस्थलमा सिधा उडान गर्दा बुद्धजन्मस्थल लुम्बिनी आउने निकै सहज हुने बताउनु भयो । एयर फोर्स चिफ समेत रहेर काम गरिसकेका राजदुत पाथिरानाले गौतमबुद्ध विमानस्थलमा श्रीलंकाबाट नियमित उडान हुने प्रतिवद्धता जनाउनु भयो ।
उहाले बुद्ध जन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थान आउन धेरै श्रीलंकनहरु इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्तकालै काम गर्ने बताउनु भयो ।
उक्त अवसरमा राजदूत पाथिराना र उपाध्यक्ष डा. लामाबीच लुम्बिनीको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकास, संरक्षण र सम्बद्र्धक बिषयमा सहकार्यका लागि समेत छलफल भएको छ ।
राजदुत पाथिरानाले शनिबार बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन समेत गर्नु भएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यले राजदूत पाथिरानालाई लुम्बिनीको महत्व, यसको पछिल्ला विकास लगायतका विषयमा जानकारी गराउनु भयो ।
राजदुत पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भिम बस्नेतले समेत स्वागत गर्नु भएको थियो । राजदुत पाथिरानाले लुम्बिनीसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समेत भ्रमण गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच