पोखरा । कृषि यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन भन्ने नाराका साथ नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले पोखरामा आयोजना गरेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ ।
शुक्रबारदेखि तीन दिनसम्म चलेको मेला करिब ३० हजारले अवलोकन गरेको र नौ करोडको बुकिङ तथा ५५ लाखको प्रत्यक्ष कारोबारको भएको आयोजकले जनाएको छ । पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजित प्रदर्शनी सफल भएको नामियाका अध्यक्ष कृष्ण शर्माले बताउनुभयो ।
समापन कार्यक्रममा उहाँले भन्नुभयो, ‘हामीले कृषि यान्त्रीकरण प्रबद्र्धन गर्ने उद्देश्यसहित हरेक दुई वर्षमा गर्दै आएको यो प्रदर्शनी पहिलोपटक प्रदेशस्तरमा गरिएको हो, सरकारी तथा गैरसरकारी क्षेत्र सबैको साथ, व्यापारी र अवलोकनकर्ता सबैको भव्य र उत्साहपूर्ण सहभागिताले हाम्रो कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।’
नामियाका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार प्रदर्शनीको तेस्रो दिन आइतबार करिब छ करोड बराबरको मेसिनरी बुकिङ भएको छ भने एकैदिन १५ लाखभन्दा बढी रकमको कृषि औजार, मेसिनरी तथा कृषि सामग्री बिक्री भएको छ । मेलालाई कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले पनि आयोजकका रूपमा साथ दिएका थिए ।
समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनञ्जय आचार्यले आवश्यकता अनुसार कृषि क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नामियाका सचिव गौरव श्रेष्ठले भन्नुभयो, ‘मेला निकै उत्साहजनक रहृयो । हामीले सोचेजस्तै मेलाको मुख्य आकर्षण स्वदेशी उत्पादन रहेका थिए ।’ नामियाका महासचिव अर्जुन लुइँटेलले प्रदेशस्तरीय कार्यक्रमलाई निरन्तरता दिँदै दोस्रो प्रदेशस्तरको कृषि यान्त्रीकरण प्रदर्शनी मधेस प्रदेशमा गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच