बंगलामुखी मन्दिर ब्यवस्थापनको लागि नयाँ कार्यसमिति चयन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

बर्दिया । बंगलामुखी मन्दिर ब्यवस्थापन समिति गुलरियामा नयाँ कार्यसमिति चयन भएको छ । ब्यवस्थापन समितिको अधिवेशनबाट दिपक ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्य समितिको उपाध्यक्षमा सुभाष पोखरेल, सचिवमा दुर्गा आचार्य, कोषाध्यक्षमा निर्मला मैनाली तथा सदस्यमा शान्ता सिंह, भवानी श्रेष्ठ, शोभा न्यौपाने, दुर्गा रावल, महेश घिमिरे, कृष्णराज अधिकारी र उपेन्द्रकुमार पोखरेल रहनुभएको छ ।

यसैगरि मन्दिर व्यवस्थापन समितिको अधिवेशनबाट सर्वसम्मत रुपमा चुनिएको कार्यसमितिको पहिलो बैठकले व्यवस्थापन समिति सदस्य पनि मनोनयन गरेको छ । जसमा निरज कुमार शर्मा, अनिल कुमार के.सी., अशोक यादव, सागर उपेती, प्रमोदराज पोखरेल, बिष्णु प्रसाद अधिकारी, सुदन घिमिरे, रमेश गौतम र मिना चौधरी रहनुभएको छ । समितिले गुलरिया नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मनोज कुमार यादव र गुलरिया नगरपालिका वडा नं. ६ का वडाध्यक्ष शुधांशु प्रकाश शर्मालाई पदेन सदस्यमा मनोनयन गरेको छ ।

समितिले वरिष्ठ सल्लाहकारमा बासुदेव पौडेल, दिनानाथ वख्रेल, चतुर्भुज शर्मा, नारायण प्रसाद श्रेष्ठ, गोपाल निरौला, गोविन्द प्रसाद उपाध्याय, श्याम अधिकारी, ईन्द्र प्रसाद मैनाली, बलबहादुर थापा र उजिर सिंह साउदलाई मनोनयन गरेको छ । साथै आमन्त्रित सदस्यमा विष्णु थापा, कृष्ण पाठक, विजय श्रीवास्तव, लल्लु सोनी र सेरेन्द्र आचार्य चयन हुनु भएको छ ।

स्मरणिय छ यो भन्दा पहिला करिव ४ दशकसम्म अध्यक्षकारुपमा खेटराज उपाध्याय पोख्रेलले मन्दिर ब्यवस्थापनको निर्माण र ब्यवस्थापनको नेतृत्व गर्नुभएको थियो । उहाँको २०७९ चैत्र २५ गते निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?