दलित समुदाय सहयोग कार्यक्रम अन्तर्गत कुखुरा बितरण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ८ ले दलित समुदाय सहयोग कार्यक्रमा अन्तर्गत कुखुरा बितरण गरेको छ ।

वडामा रहेका दलित समुदायका लागि लोकल कुखुरा बितरण गरिएको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो । वडाबाट बिनियोजित बजेट अन्तर्गत दलित समुदाय सहयोग कार्यक्रम अन्तर्गत १७ परिवारलाई दुई वटाका दरले कुखुरा बितरण गरिएको हो । भोजपुर नगरपालिकाको २५ हजार र समितिको चार हजार पाँच सय रुपैयाको लागतमा कुखुरा बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रमको माग अनुसार उपभोक्ता समिति गठन गर्दे सम्वन्धित लाभग्राहीहरुको प्रत्यक्ष उपस्थितीमा नै कार्यक्रम संचालन गरिएको वडाध्यक्ष प्रधानको भनाई रहेको छ । आफ्नो घरको लागि अण्डा र मासु आफै उत्पादन गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ वडाले कार्यक्रम संचालन गरेको वडासदस्य निरकुमार प्रधानले बताउनुभयो ।

वडाको कार्यक्रमले आफुहरुलाई पनि प्रोत्साहन मिलेको लाभग्राहीले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?