हिमालय एयरलाइन्स आईओएसएमा दर्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हिमालय एयरलाइन्सका आईओएसएमा दर्ता भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्स आईओएसएमा दर्ता हुनु नेपालको हवाई क्षेत्रको लागि खुशीको कुरा भएको बताउनु भयो । २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (आईएटीए) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुनेगरी आईओएसए प्रमाणीकरण भएको उपाध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले एयरलाइन्सले नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहलकदमीका यस सफलतलाई लिएको बताउनु भयो । हिमालय एयरलाइन्सका लागि आईओएसए प्रमाणीकरणले हिमालय एयरलाइन्सले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो नेपालको उड्डयन क्षेत्रका लागि कोशेढुंगा हो । विश्वका २ हजार बढी एयरलाइन्समध्येबाट हामी आईओएसएको सदस्य बन्नु हिमालय एयरलाइन्सको लागि अहिले खुशीको कुरा भएपनि क्यानकै लागि पनि यो सुरक्षाको हिसावमा गर्वको कुरा हो । हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायुसेवाको रूपमा समेत स्थान दिन्छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौँ ।’

कम्पनीकाअनुसार आईओएसएको परीक्षणबाट वायुसेवाको दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?