काठमाडौं । चलचित्र ‘११ः ५५’को सम्पन्न गरिएको छ । मंगलबारबाट चलचित्रको छायांकन सकिएको हो । गत मंसिर २४ गतेदेखि छायांकन सुरु गरिएको चलचित्र मंगलबार सकिएको चलचित्रका प्रोडक्सन डिजाइनर सुवास काफ्लेले जानकारी दिनुभयो । केशव पाण्डेको निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायत कलाकारको अभिनय छ ।
क्राइम, थ्रिलर विधामा निर्माण भएको चलचित्रको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले तयार पार्नुभएको हो । बिचित्र फिल्मस्सँग गुड जब आर्ट्सको निर्माण सहकार्य रहेको चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सहनिर्माता हुनुहुन्छ ।
प्रद्युमन मिश्रको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन चलचित्रमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच