काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार ९.५० अंकले बढेको छ । नेप्से ९.५० अंकले बढेर २०८९.६२ अंकमा पुगेको हो । यस दिन पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन छ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
१३ समूहमध्ये सात समूहको नेप्से घटेको छ भने छ समूहको बढेको छ । अन्य समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ । यस दिन बैंकिङ, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक एक प्रतिशतभन्दा बढी बढेको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, हिमालयन रि इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने छिमेक लघुवित्तको शेयर मूल्य सर्वाधिक ५(९५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयलको सबैभन्दा धेरै ३२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएकोे छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको करिब २९ करोडको कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच