काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कोष प्रवद्र्धक तथा एनआइएमबी एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने छैटौँ योजना एनआइबिएल स्टेबल फण्डको सार्वजनिक निष्कासन मंगलबारदेखि सुुरु भएको छ ।
योजनाको आकार एक अर्ब र समयावधि १२ वर्षको रहेकोे छ । जुन हालसम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजनासमेत रहेको छ । योजना अवधिभर योजनाले वार्षिक प्रतिफलका रूपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीलाई दिन सक्ने प्रक्षेपणसमेत गरेको छ ।
कम्पनीका अनुसार योजनाको सार्वजनिक निष्कासन छिटोमा माघ ५ र ढिलोमा माघ १६ गतेसम्म रहनेछ र इच्छुक लगानीकर्ताले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम एक हजारदेखि अधिकतम् १० करोडसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले आफ्नो सी-आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाइन आवेदन दिन सक्नेछन् ।
एनआइबिएल म्युचुअल फण्डअन्तर्गत यसअघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजनासमेत सञ्चालनमा रहेको र एनआइबिएल समृद्धि फण्ड-१ आफ्नो सात वर्ष समयावधि पूूरा भई परिपक्व भइसकेको र हाल अन्य तीन बन्दमुखी योजना, एनआइबिएल प्रगति फण्ड, एनआइबिएल समृद्धि फण्ड-२ तथा एनआइबिएल ग्रोथ फण्डसमेत सञ्चालनमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच