भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रेमा सुरु प्रथम गोल्कप फुटवल प्रतियोगिता अन्तर्गत भएको खेलमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको दिप्रुङ चुईचुम्माको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जारी प्रथम पौवादुङ्मा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार भएको पहिलो खेलमा टेम्केमैयुङले पञ्चकन्या एफसी, च्याङ्ग्रेलाई ४-१ ले पराजित गरेको थियो । टेम्केमैयुङका लागि तयाहाङ राई, सञ्जिप श्रेष्ठ, बिनोद राई र अरुण भुजेलले गोल गर्नु भयो भने पञ्चकन्याका लागि आशिष राईले एक मात्र गोल गर्नुभयो । सो खेलको टेम्केमैयुङका खेलाडी सञ्जिप श्रेष्ठ म्यान अफ द म्याच घोषित हुनु भयो ।
यस्तै दोस्रो खेलको निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खोटाङको दिप्रुङ चुईचुम्माले षडानन्द नगरपालिका, भोजपुरलाई टाईब्रेकरमा ३-० ले हराउन सफल भएको थियो । निर्धारित समयतर्फ दिप्रुङका लागि प्रविन राईले एक गोल र षडानन्दका लागि सौर्य राउतले एक गोल गर्नु भएको थियो । खेलमा दिप्रुङका गोलरक्षक प्रज्वल शेर्पा म्यान अफ द म्याच घोषित हुनुभयो ।
पौवादुङमा गाउँपालिका, च्याङ्ग्रे मूल आयोजक समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गते हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच