घट्यो सेयरबजार, ८ अर्ब १७ करोडको कारोबार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयरबजार ७ अंकले घटेर बन्द भएको छ । बिहिबार नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा अडिएको हो ।

आज बजारमा २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयरको खरिदबिक्री हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार हिजो १२ अंकले घटेको बजारमा ९ अर्ब ७६ करोड ८९ लाख ८६८ रुपैयाँको कारोबार भएको थियो ।

आजको कारोबारमा रिदी पावर कम्पनी लिमिटेड, सेन्र्जी पावर डेभलपमेण्ट, महुली लघुवित्त वित्तीय संस्था र गनपती लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेका छन् ।

कारोबारका आधारमा हिमालययन रिइन्स्योरेन्स १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँको कारोबार सहित शिर्ष स्थानमा रहेको छ ।

बिहिबार बजार पुँजिकरण ३३ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?