प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै

हिमालय टाइम्स
pm cup cricket
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैछन् ।

आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच खेल हुदै छ । त्यस्तै अर्को खेल टियु मैदानमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच हुदै छ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै बागमती प्रदेशले आफ्ना ७ खेलमा ८ अंक हासिल गर्दै दोस्रो र मधेश प्रदेशले आफ्ना ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी त्रिभुवन आर्मी क्लब ५ खेलमा ६ अंक हासिल गर्दै चौथो स्थानमा उक्लिएको छ भने सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अंकसहित सातौं स्थानमा झरेको छ । त्यसैगरी गण्डकी प्रदेशले ५ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेर नवौं स्थानमा छ ।

त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ७ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’ दोहोरो पीडामा बन्दुराम : ‘छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर… एसियाली खेलकुद भलिबल : नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान नारायणी लिफ्टलिफ्ट–खगेरी सिँचाइ आयोजना: मासिक विद्युत् खर्च रु ४२ लाखसम्म नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने को हुन् भगवान विश्वकर्मा ? भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन