इलाम । न्युरोड टिम (एनआरटी) काठमाडौं इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
बुधबार ठूलो टुँडीखेलमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई सडन डेथमा रोक्दै एनआरटी उपाधि नजिक पुगेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी र त्यपछिको टाइब्रेकरमा ३-३ गोलको बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो । टाइब्रेकरमा आयोजकका तर्फबाट राष्ट्रिय टिमका पूर्व कप्तान नवयुग श्रेष्ठ र छिरिङ गुरुङ चुक्दा एनआरटीका सनम लिम्बू र जोन ग्लोरी समेत चुके । सडन डेथमा आयोकका एकराज बुढाथोकी चुक्दा एनआरटीका राजिव लोप्चनले जाली चुमाए ।
निर्धारित समयमा खेलको खेलको ४२ औं मिनेटमा आयोजकका लागि नवयुग श्रेष्ठले गोल गरी टिमलाई अग्रता दिलाए । आयोजकका विनोद धमलाको क्रस पासमा नवयुगले बललाई जाली चुमाएका थिए । तर त्यो अग्रता खेल अवधिभर टिकेन ।
८७ औं मिनेटमा एनआरटीका विदेशी खेलाडी जोन ग्लोरीले गोल गरी बराबरीमा ल्याए । आयोजकको कमजोर रक्षापङ्तीको फाइदा उठाउँदै ग्लोरीले जाली चुमाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच