काठमाडौं । आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को
आज भएको दोस्रो खेलमा नेपालले पाकिस्तानसामु जितका लागि एक सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अहिले पाकिस्तानले जवाफी ब्याटिङ गरिरहेको छ । उसले १३ ओभरको समाप्तिमा बिना विकेट ४८ रन बनाएको छ । ओपन शाहजैब खान र शम्याल हुसेन क्रिजमा छन् । खान २१ रनमा खेलिरहेका छन् भने हुसेनले २७ रन बटुलेका छन् । उनीहरुले टिकेर खेलिरहेका छन् ।
विकेटको प्रतिक्षामा रहेको नेपालका लागि गुल्सन झा ६ ओभर, दुर्गेस गुप्ताले, आकास चन्द र सुवास भण्डारीले समान तीन ओभर बलिङ गरिसकेका छन् ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गरेको थियो । निर्धारित ५० ओभरमा सवै विकेट गुमाउदै नेपालले एक सय ९७ रन बनायो । नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीपक डुम्रेले ५८ बल खेल्ने क्रममा एक छक्कासहित २६ रन बनाए । कप्तान देव खनालले ३७ बलमा तीन चौकासहित २३, गुल्शन झाले १८, सुवास भण्डारीले २०, आकाश चन्दले अविजित १६, दिपेश कँडेलले १३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६÷६ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले तीन, उबैद शाह र अहमद हुसैनले दुई दुई तथा अली असफन्ड, खुबैब खलिल र मोहम्मद जिशनले एक एक विकेट लिए ।
प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई एक सय ८१ रनले हराएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच