काठमाडौं । पर्सुट अफर योर सक्सेस एण्ड हृयाप्पिनेस भन्ने नाराका साथ पर्सुट इन्टरनेसनल एजुकेसनले काठमाडौं को बागबजारमा पाँचौँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमबीच जिल्ला गभर्नर, जिल्ला ३२५ एच नेपालका शम्भुबहादुर थापाले उक्त शाखा कार्यालय उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा संस्थाका संस्थापक विजय थापा र सुयोग पौडेलले संस्थाले विद्यार्थीलाई विश्वसनीय तथा गुणस्तरीय वैदेशिक अध्ययनसम्बन्धी परामर्श दिनुका साथै वैदेशिक विश्वविद्यालय भर्ना प्रक्रिया तथा आवेदन प्रक्रियामा पनि सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सशस्त्र एसपी मेखराज जोशी, बारा, कोल्हवी २ वडाध्यक्ष गोपालप्रसाद अधिकारी, समाजसेवी दीपेन्द्र मैनाली, व्यवसायी हरि रेग्मी र हरिश्चन्द्र कुँवरलगायतको उपस्थिति रहेको थियो । पोखरा, चिप्लेढुंगामा मुख्य कार्यालय रहेको पर्सुटले हाल अष्ट्रेलियाका साथै दाङबाट पनि सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच