प्रधानमन्त्री कप : लुम्बिनीलाई हराउँदै एपीएफकाे तेस्रो जित

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेशलाई हराउँदै विभागीय टिम एपीएफले तेस्रो जित दर्ता गरेको छ ।

लुम्बिनीले दिएको १३४ रनको सामान्य लक्ष्य एपीएफले २३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । एपीएफको सजह जितमा कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । ४८ बलको सामना गरेका रोहितले चार चौका र १ छक्कासहित ५२ रन जोडे । पुरन विकले ३३ रन जोडेको खेलमा लोकेश बमले १६ रन थपे । बलिङतर्फ सुदूरका अकल अहमदले १ विकेट लिए ।

यसअघि रुपन्देहीको सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर सुरुआतमा बयाटिङ गरेको लुम्बिनी ४१ ओभरमा १३३ रनमा अलआउट भयो । लुम्बिनीका लागि दिलसाद अलिले सर्वाधिक ३९ रन जोडे । मिर्नाल गुरुङले ३४ रन जोडेको खेलमा विराट भण्डारीले २३ रन थपे भने प्रज्वल थापाले ११ रन थपे ।

बलिङतर्फ एपीएफका रमेश कुर्मीले ५ तथा भुवन कार्कीले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?