काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का महासचिव तथा बाल साहित्यकार विमला निरौलाको बाल कवितासंग्र्रह ‘यात्रामा देश’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच वरिष्ठ साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो । अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रमका विशिष्ट अतिथिमा अनेसास बिओटीका पूर्व सल्लाहकार तथा त्रिवि नेपाली विभाग प्रमुख प्राडा.खगेन्द्र लुइँटेल रहनुभएको थियो भने विशेष अतिथिमा वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, अनेसास केन्द्रका उपाध्यक्ष डा.रेणुका सोलु, फणिन्द्र निरौला, अनेसास नेपाल च्याप्टरका सल्लाहकार तथा गुञ्जनका पूर्वअध्यक्ष हीरण्यकुमारी पाठक हुनुहुन्थ्यो ।
त्यसैगरी विशेष वक्ताको रूपमा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान र डा.बुनु दाहाल हुनुहुन्थ्यो भने अतिथिहरूमा अनेसास दर्पणका कार्यकारी सम्पादक तथा लोकार्पित कृतिका सम्पादक रमेश दाहाल, मिलाप पब्लिकोशनका अध्यक्ष कृष्ण भुसाल, सञ्चारकर्मी मोहराज शर्मा, लेखक तथा द्वन्द्व विश्लेषक केशव चौलागाईं, स्रष्टा विमला निरौलाकी माता तथा सुरेश भट्टलगायतका रहनुभएको थियो ।
त्यस्तै अन्य अतिथिमा आयोजक संस्था अनेसास नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष मञ्जिला शर्मा, उपाध्यक्ष निर्मलरमण पराजुली, महासचिव रञ्जना निरौला, कोषाध्यक्ष कमला रिसाल, सुमन वर्षा, शान्तिमाया गिरीलगायत लेखकहरू विक्रमभक्त जोशी, राजरजक, पत्रकार साहित्यकार प्रकाश सुवेदी, साहित्यकार गंगा लिगल, रश्मि शर्मा, ललिता दोषी, अनेसास पोर्चुगल च्याप्टरका गोमा रेग्मी, बाल साहित्यकार कार्तिकेय घिमिरे, ईश्वर थोकर, उर्मिला सुवेदीलगायत लेखक रहनुभएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरूलाई अनेसास नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष मञ्जिला शर्माबाट स्वागत मन्तव्य राखिएको थियो ।
कार्यक्रममा कृतिका विषयमा विशेष वक्ताको रूपमा रहनुभएका प्रमोद प्रधान, बुनु दाहाल, कृतिका भूमिकाकार खेमनाथ दाहालले बोल्नुभएको थियो । यस्तै प्राडा.खगेन्द्र लुइँटेल, सुरेश भट्ट डा.रेणुका सोलुलगायतले ‘यात्रामा देश’ बाल कवितासंग्र्रहले प्रवासी बालबालिकालाई देशको भूगोल संस्कृति तथा नेपाली भाषा लेख्न बोल्नका लागि अत्यन्त उपयोगी हुने कुरा बताउँदै कृतिको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
सोही क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजाको शुभकामना मन्तव्य उपाध्यक्ष डा.रेणुका सोलुले वाचन गरेर सुनाउनुभएको थियो भने बिओटी सभापति पदम विश्वकर्माको शुभकामना मन्तव्य बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेलले वाचन गर्नुभएको थियो । विशेष अतिथि सुरेश भट्टले कृतिबाट कविता वाचनसहित शुभकामना मन्तव्य राख्नुभएको थियो भने गोमा रेग्मीले छन्द कवितामार्फत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुश्री भद्रा घलेलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गएिको थियो भने आयोजक संस्था नेपाल च्याप्टरले स्रष्टा विमला निरौलालाई स्रष्टासम्मान गरेको थियो । नेपाल बाल साहित्य समाजका महासचिव विजयराज आचार्यले सञ्चालन गरेको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाकक्षमा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच