पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकारले राम्रो काम गर्न सकेको देखिएको छैन । जनताले भोगेका तमाम समस्याप्रति सरकार गम्भीर छैन । फगत सरकार जोगाउनमात्र लागि परिरहेको छ । सय दिनमा वर्तमान सरकारको कार्यकाल समग्रमा उपलब्धिहीन तथा निराशाजनक भएको पाइन्छ । त्यसो त प्रचण्ड सरकारले आफ्ना सय दिनको उपलब्धिलाई ३७ बुँदामा समेटेर शासकीय सुधारका दिशामा महत्वपूर्ण काम गरेको दाबी गरेको थियो । तर, निष्पक्ष मूल्यांकन गर्ने हो भने त्यसो भएको छैन । विगतमा प्रचण्ड सरकारले जनसरोकारका विषयमा उल्लेख्य काम गरेको पाइँदैन । यतिखेर मुलुकको अवस्था अत्यन्तै चिन्ताजनक छ । अर्थतन्त्रझन् संकटग्रस्त बन्दै गएको छ । महँगी नियन्त्रण र सुशासनमा सरकार असफल देखिएको छ । आर्थिक अनुशासन भताभुंग हुँदै गइरहेको छ । विकास निर्माणका काम ठप्प जस्तै छन् ।
प्रचण्डको सत्तामोह र उपयोगी राजनीतिक व्यवहारका कारण माओवादी पार्टीसमेत निरन्तर कमजोर हुँदै गएको छ । उद्योगीव्यसायी निराश र हतोत्साहित छन् । उनीहरू आफ्नो व्यवसायबाट पलायन हुनथालेका छन् । शेयर लगानीकर्ता चिन्तित छन् । बैंकिङ र सहकारी संस्थाहरूमा संकट देखिनथालेको छ । लघुवित्तको चर्को ऋणबाट पीडितहरू सडकमै छन् । मिटरब्याज पीडित नागरिक आन्दोलनमै छन् । अनिकहाँ निर सुधार भएको छ ? कुरा गरेरमात्र त हुँदैन ।
सरकारको कुनै उल्लेख्य उपलब्धि देखिँदैन । सरकारले जनतामा सोचेजस्तो आशा जगाउन सकेको छैन । जनता पूरै निराशामा छन् । जनता निराश हुनुभनेको खतराको संकेत हो । यो कुरा परिवर्तनकारी राजनीतिक दलहरूले समयमै बुझ्नुपर्ने आवश्यकता देखिएको छ ।
विदेशी चलखेल र हस्तक्षेप झन् बढिरहेको छ । यो कुरा हामीले बुझिरहेका छौं । कुरा बुझेर पनि बुझपचाउने धेरै छन् । नेपाली युवाले देशमा आफ्नो सुन्दर भविष्य नदेखेर दिनहुँ १ हजार ५०० भन्दा बढीका दरले विदेशिरहेका छन् । मुलुक युवाविहीन बन्न लागिरहेको छ । खोइ चिन्ता ? त्यसो भएर सरकारप्रति सबैको विश्वास घटेको छ र निराशा बढ्दै गएको छ । समस्या बढ्दै जानु राम्रो कुरा होइन । सत्ता स्वार्थका लागि राजनीतिकदलहरू जे पनि गर्न तयार छन् । प्रधानमन्त्री प्रचण्डले कहिले एमाले र कहिले कांग्रेस त कहिले मधेसवादीसहितका सानादलहरूसँग गठबन्धन गर्दै पटक–पटक गठबन्धन फेरिसकेका छन् । निर्वाचनमा समेत एक्लै लड्न नसक्ने भएका उनी कहिले कोसँग त कहिले कोसँग बार्गेनिङ गर्दै सत्तामा पुग्ने गरेका छन् ।
नेकपा माओवादी विगत १६ वर्षमा चार पटक नेतृत्वसहित लगभग ११ वर्ष विभिन्न सरकारमा बसेको छ । यी सरकारहरूमा सहभागी हुँदा माओवादीले कांग्रेस, एमाले, जसपा, मधेसवादी पार्टी सबैसँग गठबन्धन गरेको छ । प्रचण्डका यी गतिविधि मुलुकलाई स्थायित्व दिनेभन्दा पनि अस्थिर बनाउने कारण बनिरहेका छन् । प्रधानमन्त्रीको विगतदेखिका कार्यकालमा जनसरोकारका विषयमा खासै काम हुनसकेको देखिँदैन । यसपटक जनताले महसुस गर्नेगरी काम हुनसकेको देखिँदैन । प्रचण्डको सत्तामोहका कारण आमनागरिकमा निराशा र आशंका झन् बढिरहेको छ ।
सरकारको कुनै उल्लेख्य उपलब्धि देखिँदैन । सरकारले जनतामा सोचेजस्तो आशा जगाउन सकेको छैन । जनता पूरै निराशामा छन् । यस्तो भएपछि यो मुलुकमा के हुन्छ ? जनता निराश हुनुभनेको खतराको संकेत हो । यो कुरा परिवर्तनकारी राजनीतिक दलहरूले समयमै बुझ्नुपर्ने आवश्यकता देखिएको छ । देशमा कति खेर के हुन्छ यसै भन्न सकिने अवस्था छैन । जनतामा चरम निराशा चुलिँदै गयो भने समस्या पक्कै आउनेछ । जनता धैर्य भएर बसेका मात्र हुन्, जब धैर्यको बाँध फुट्छ त्यसबेला कोही जोगिनेवाला छैनन् । त्यस्तो स्थिति नआओस् । जे कुरा पनि समय छँदै ख्याल गर्ने हो । समय सकिएपछि केही हुँदैन । पछुताउनुबाहेक अरू केही हुने छैन ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले केही गर्छ कि भन्ने सुरुवाती दिनमा केही आशा थियो तर समय बित्दै जाँदा यस सरकारले जनताको पक्षमा सिन्कोसमेत भाँच्न सकेन । यस्तो भएपछि जनता किन निराश नहुने ? प्रश्न यही हो । सरकार गम्भीर नभए मुलुकमा अझै ठूलो आर्थिक संकट निम्तिने निश्चित छ । आर्थिक समस्याकै कारण उद्योगी व्यवसायीहरूले आत्महत्या गरिरहेका छन् । यो मुलुकका लागि राम्रो संकेत होइन । आर्थिक समस्या समाधानका लागि सबै दलले साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने जरुरी छ ।
यो देशको उन्नति, प्रगति के कसरी गर्ने भन्ने चिन्तन मनन् सबैको हुन जरुरी छ । सत्ता स्वार्थ र राजनीतिक दाउपेजले मुलुक अघि बढाउन सकिँदैन । अहिले देशमा जुन किसिमको राजनीति गतिविधि चलिरहेको छ त्यसमा जनता पूर्णरूपमा सन्तुष्टि छैनन् । देशको भाग्य र भविष्य निर्माणका लागि सबै जुट्नुपर्ने बेला हो यो । पार्टीभित्रको आन्तरिक विवादले देश सोचेनुसार अघि बढ्न नसकेको यथार्थ हो । आज देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । जनताका समस्या दिनप्रतिदिन बढ्दै गएका छन् । जनतालाई एक छाक खान समस्या भइरहेको छ । महँगीले आकाश छोएको छ ।
जो निष्ठावान् इमानदार देशभक्त छन्, उनीहरू सशक्त रूपले खबरदारी गरिरहेका छन् । सत्तामोह र उपयोगी राजनीतिको चक्रव्यूहमा देशलाई कहिलेसम्म बन्धक बनाइराख्ने अब युवाहरूले यसमा विद्रोह गरेर अघि आउन जरुरी छ अन्यथा इतिहासले हामीलाई माफ दिनेछैन ।
बजार भाउ छोइसक्नु छैन । देशमा पटक-पटक राजनीतिक परिवर्तन त भयो तर जनताको जीवनमा परिवर्तन आउन सकेन । राजनीतिक परिर्वतनका लागि जनताको त्याग, तपस्या र बलिदानीभएको थियो । त्यो कुरा दलका नेताहरूले बिर्सिँदै गएका छन् । राजनीतिक दल र तिनका नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थबाहेक अरू केही सोचेनन् । समस्या यो हो । हिजोसम्म राम्रोसँग जुत्ताचप्पल लगाउन नसक्ने नेताहरू अहिले रातारात खर्बपति बनेका छन् । राजनीति व्यापार भएको छ । यसरी देश बन्दैन । देश बनाउन त्याग, तपस्या र दुरदर्शी नेताको आवश्यकता हुन्छ । कुनै पनि व्यक्तिगत स्वार्थ नभएको नेताले मात्र देश बनाउँछ । स्वार्थी नेताले देश बनाउन सक्दैनन् ।
आज हरेक पार्टीका कार्यकर्ताहरू निरीह छन् । नेताले जे भन्यो त्यो मान्न तयार छन् । पुराना पुस्ताका नेताहरू ज्यान जाला आफ्नो पद छोड्न तयार छैनन् । युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्न कुनै पार्टी तयार छैनन् । यो हरेक पार्टीमा देखिएको रोग हो । युवा नेताहरू खुलेर शीर्ष नेताको आलोचना गर्न सक्दैनन् । लोकतन्त्रमा छलफल आलोचना गर्न पाइन्छ । पार्टीलाई सत्मार्गमा हिँडाउने भनेको युवाहरूले हो । अब अहंकारको राजनीतिले कसैलाई फाइदा गर्दैन । अब दलहरू सुध्रिनुपर्छ । नेताले जे गरे पनि अन्धभक्त भई स्वीकार्ने काम युवा नेताहरूले गर्नुहुँदैन । कार्यकर्ताहरू दल र तिनका नेताहरूको अन्धभक्त हुनुहुँदैन । नेताका गलत कदमविरुद्ध बोल्न सक्नुपर्छ ।
जे गरे पनि ठीक हो भन्दै पछि लाग्नु राम्रो होइन । हरेक पार्टीका कार्यकर्ताहरूको आफ्नै पीडा छ । त्यो पीडा नभएको होइन । नेताबाट अपहेलित हुुनुपर्ने अवस्था पनि छ । तल्लो तहका कार्यकर्ताले दैनिक रूपमा जनताका सुखदुःखमा साथ दिइरहेका पनि छन् । जनताका समस्यालाई सरकार समक्ष र सरकारका योजना कार्यक्रम जनतासमक्ष राख्नेगरी सरकार र जनताबीच पुलको काम पनि त्यही तल्लो तहका नेताकार्यकर्ताले गरिरहेका छन् । तर, नेताहरू महत्व दिँदैनन् । ती जनताका समस्याहरू प्राथमिकतामा पर्दैनन् अनि निराश भएर गाउँ फर्किन्छन् ।
कार्यकर्तामा भएको यो इमानदारीतालाई नेताहरूले सम्मान गर्न सिक्नुपर्छ । चाकडीले पद, प्रतिष्ठा मिल्ने परिपाटी पार्टीमा झांगिदै गएको छ । यस्तो परिपाटीमा सुधार हुनु जरुरी छ । जो इमानदार नेताकार्यकर्ता छन् तिनीहरू लाभको राजनीतिमा पछि छन् । त्यसले गर्दा नेताका गलत कदमविरुद्ध बोल्ने साहस गर्दैनन् । तर, सबै कार्यकर्ता यसरी नै चुपलागेर बसेका छैनन् । जो निष्ठावान् इमानदार देशभक्त छन्, उनीहरू सशक्त रूपले खबरदारी गरिरहेका छन् । सत्तामोह र उपयोगी राजनीतिको चक्रव्यूहमा देशलाई कहिलेसम्म बन्धक बनाइराख्ने अब युवाहरूले यसमा विद्रोह गरेर अघि आउन जरुरी छ अन्यथा इतिहासले हामीलाई माफ दिनेछैन । सबैमा समयमै चेतना भया ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच