‘तपाईंले चालेको पहिलो पाइला नै गलत रहेछ भने, गन्तव्यसम्म पुग्न सकिदैन’ भन्ने कथन नेपालका मधेसकेन्द्रित राजनीतिक दलहरूको हकमा शतप्रतिशत लागू हुन्छ । धर्म, भाषा, जाति र क्षेत्रको मुद्दालाई उठाएर पनि बढी लामो समयसम्म राजनीति गर्न सकिँदैन । नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष राजेन्द्रनारायण सिंहले उठाएका मधेसकेन्द्रित समस्याहरू राष्ट्रकै समस्या थिए । संघीयता, आरक्षण (समावेशिता), जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको गठन, नागरिकता समस्याको समाधन र देशमा बोलिने भाषाहरूलाई सरकारी मान्यता, प्रत्येक क्षेत्रका सांस्कृतिक गतिविधिहरूको राष्ट्रिय पहिचान एवं मान्यता र प्रत्येक क्षेत्रका सांस्कृतिक गतिविधिले राष्ट्रिय पहिचान एवं मान्यता पाउनुपर्ने कुरा दूरदर्शी सोच थियो, राष्ट्रकै आवाज थियो ।
उपरोक्त मागहरूमध्ये अधिकांशको सम्बोधन भइसकेको छ तर ठूला दलमा बसेर अपेक्षित पद पाउन नसकेकाहरू पटक–पटक सांसद एवं मन्त्री भएर पनि सत्ता र कुर्सीभन्दा बाहिर बस्न नसक्नेहरू आफ्नो निहित स्वार्थ पूर्तिका लागि जाति भाषा एवं क्षेत्रका नारा लगाएर नयाँ नयाँ संगठन खोल्ने काम गरेदेखि मधेसका समस्या पनि ओझेल पर्दै गएका छन् ।
उपेन्द्र यादव अहिले केवल जसपा अध्यक्ष र बारा-२ को सांसदमात्रै हुन् । भोलि बारा-२ को कार्यक्रममा उपेन्द्र यादवलाई उपेक्षित गरेर अन्य दलका कुनै सांसदलाई प्रमुख अथिति बनाएर कुनै ठूलो सरकारी कार्यक्रम भयो भने त्यो जसपालाई पनि मन नपर्न सक्दछ ।
मधेसी जनतालाई अधिकार दिलाउने नाममा खुलेका सशस्त्र समूहरूको कुनै राजनीतिक भिजन थिएन, केवल माओवादी पार्टी सत्तामा आएपछि अपेक्षा अनुसार धन कमाउने सम्भावना नदेखेपछि र अन्तरिम संसदमा ठाउँ नपाएपछि अनि पार्टी संगठनमा प्रभावकारी ठाउँ नपाएपछि सशस्त्र संघर्षको दौरान माओवादी पार्टीको नजरमा अनुशासनहीन ठहराएकाहरूले माओवादीसित बदला लिने नाममा सशस्त्र समूह खोल्ने काम भएको थियो । क्षणिक आक्रोसका कारण तराईमा रहेका नेपाली भाषीलाई धाक-धम्की दिने काम भयो तर पछि गएर मधेसी कर्मचारीहरू नै तिनका शिकार भए । मधेसी कर्मचारी र मधेसी जनतालाई आफ्नो शिकार बनाउन थालेपछि मधेसका सशस्त्र समूहहरू शनैः शनैः समाप्त हुँदै गए ।
विस्तार–विस्तार प्रशासन सामु आत्मसमर्पण गर्दै आफ्नो जीविका चलाउन थालेका छन् । महात्मा गान्धी भन्ने गर्दथे । ‘आत्म अनुशासन र बलिदानविना राहत अथवा मुक्तिको आशा गर्न सकिँदैन तर अनुशानहीन बलिदानबाट पनि काम चल्दैन’ । तराईको सशस्त्र समूहहरूले आफ्नो ज्यान त गुमाए तर तिनको ज्यान त्यागलाई विगत ६ वर्षमा मधेसी सरकारले पनि शहीदको संज्ञा दिएको छैनन् । मधेस प्रदेश सरकार गठनका बेलामा पनि जनमतले सरकारको नेतृत्व चाहेको मानेको थियो । आफ्नो पार्टीले प्रदेश सरकारको नेतृत्व गर्नुपर्ने शर्त राखेको थियो । संख्याबलको हिसाबले मधेस प्रदेशमा जनमत चौथो नम्बरमा छ ।
पछिल्लो घटना सप्तरीको राजविराजमा कृषि विश्वविद्यायलयको शिलान्यासको अवसरमा उत्पन्न परिस्थितिका कारण हो । राजविराज क्षेत्रमा वर्तमान संघीय सांसद डा.चन्द्रकान्त राउत हुन् । जब कि शिक्षामन्त्रालय जनमतकै मधेस प्रदेश विद्यायका दलका नेता महेशप्रसाद यादवले गरिरहेका छन् । राजविराजमा कृषि विश्वविद्यालयको उद्घाटन जसपा अध्यक्षबाट गराइनु स्थानीय सांसदको अपमान अवश्य पनि थियो । गत वर्ष सम्पन्न आमनिर्वाचनमा यस क्षेत्रबाट उपेन्द्र यादवलाई जनमतका अध्यक्ष चन्द्रकान्त राउतले पराजित गरेका थिए । पराजित सांसद राजविराजमा मुख्य अतिथि बनाइनु अवश्य पनि जनमतको अपमान थियो ।
उपेन्द्र यादव अहिले केवल जसपा अध्यक्ष र बारा-२ को सांसदमात्रै हुन् । भोलि बारा-२ को कार्यक्रममा उपेन्द्र यादवलाई उपेक्षित गरेर अन्य दलका कुनै सांसदलाई प्रमुख अथिति बनाएर कुनै ठूलो सरकारी कार्यक्रम भयो भने त्यो जसपालाई पनि मन नपर्न सक्दछ । मधेस प्रदेशमा शिक्षामन्त्रालय जनमतको भागमा थियो । तसर्थ जनमतले यसमा आफ्नो सहभागिता खोज्नु गलत थिएन तर मुख्यमन्त्री उपस्थित भएको ठाउँमा प्रदेशका अन्य कुनै मन्त्रीले आफूलाई अपमानित भएको महसुस गर्नुको कुनै कारण छैन, किनभने प्रधानमन्त्री तथा मुख्यमन्त्री स्वयं उपस्थित भएको ठाउँमा मन्त्रीको सहभागिताले खासै अर्थ राख्दैन । जनमतका मन्त्री, प्रदेश सांसदहरूले, मुख्यमन्त्रीको कार्यक्रमको विरोध गर्नु गलत थियो ।
नेपाललाई आफ्नो देश नै नमान्ने र मधेसलाई छुट्टै देश बनाउने नाममा स्वतन्त्र मधेस गठबन्धन खोलेका चन्द्रकान्त राउत पनि आफूलाई जाति एवं परिवारको संकीर्ण घेराभन्दा बाहिर आउन सकेनन् । उनीसित पनि कुनै राजनीतिका भिजन छैन ।
यस विषयलाई मन्त्रिपरिषद्को बैठकमा पनि उठाउन सकिन्थ्यो । सत्ताधारी गठबन्धनको समन्वय समितिको बैठकमा पनि उठाउन सकिन्थ्यो । त्यसको निम्ति हुटिङ, होहल्ला र प्रदर्शन गर्नु आवश्यक थिएन । प्रदेश सरकारले पनि आफ्नै मन्त्रीमाथि लठ्ठी प्रहार गर्न लगाउनु उचित थिएन । अब जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएको छ तर संघीय सरकारमा अहिले पनि सामेल छ । राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनको धर्मविपरीत उसले आफ्नो उम्मेदवार खडा गर्यो । यसले निर्वाचन परिणामलाई फरक पार्न सकेन तर सामान्य मतले निर्वाचन प्रभावित हुने भए त गठबन्धनका उम्मेदवार पराजित हुने थिए ।
जनमत पार्टीमा जवाफदेहिताको अभाव देखिन्छ । कार्यकर्ताहरू उत्तेजक र अहंकारी देखिन्छन् । अहंकारले अराजकतालाई निम्त्याउँछ । अराजकताले पतनको दिशातिर डोहोर्याउँछ । मधेस प्रदेशमा जनमत र जसपाबीच मतभेदको अवस्था निम्तिने सम्भावना छ । जसको सोझो प्रभाव त्यहाँका जनता र संघीयतालाई हुनेछ । नेपाल सदभावना पार्टी र नेपाल सदभावना पार्टीको आनन्दी देवीको दुःखद् असायमिक अवसान हुनलाग्दा अस्तित्वमा आएका मधेसकेन्द्रित दलहरूको अभिष्ट केवल पद र सत्तामानै थियो । किनभने, विसं २०६३ सालपछि अस्तित्वमा आएका मधेसी दलहरूसित कुनै पनि यस्तो एउटा नयाँ एजेण्डा थिएन, जो तराई कांग्रेसले २०१० साल र १०१५ सालको आमनिर्वाचनमा उठाएको थियो र विसं २०४७ सालपछि १६ वर्षसम्म नेपाल सद्भावना पार्टीले उठाएको थिएन । आ-आफ्नो जाति र जातीय समूहलाई लक्षित गरेर नै राजेन्द्र महतोले सद्भावना पार्टी, उपेन्द्र यादवले मधेसी जनअधिकार फोरम, महन्थ ठाकुरले तराई मधेस लोकतान्त्रिक पार्टी खोलेका थिए ।
राजेन्द्र महतोले त राजनीतिक दलको पनि ‘कपी पेष्ट’ गर्न भ्याए । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट नेपाल सद्भावना पार्टीको अधिकारिक मान्यता पाउन असफल भएपछि उनले पार्टीकै नाम सद्भावना पार्टी राखे तर एक दशकभन्दा बढी चलाउन सकेकनन् । नेपाललाई आफ्नो देश नै नमान्ने र मधेसलाई छुट्टै देश बनाउने नाममा स्वतन्त्र मधेस गठबन्धन खोलेका चन्द्रकान्त राउत पनि आफूलाई जाति एवं परिवारको संकीर्ण घेराभन्दा बाहिर आउन सकेनन् । उनीसित पनि कुनै राजनीतिका भिजन छैन ।
केवल प्रतीकात्मक एवं प्रचारात्मक राजनीतिमार्फत उपेन्द्र यादव नेतृत्वको जसपालाई विस्थापित गरी आफू स्थापित हुने एकसूत्रीय लक्ष्य लिएर जनमत पार्टी अगाडि बढेको छ । यसका निम्ति आवश्यकता परे अराजकताको सहारा लिनुलाई पनि पार्टीले अन्यथा ठानेको छैन । प्रदेश सरकारमा सामेल भएर प्रदेश सरकारको विरोध गर्ने आफ्नो सरकारमाथि भ्रष्टाचारी भएको आरोप लगाउने, मुख्यमन्त्रीद्वारा प्रदेश सरकारको वर्षभरिको प्रगति विवरण सार्वजनिक गरिरहँदा विरोध प्रदर्शन गर्नु, हुटिङ गर्नु त्यो पनि राजधानीमा उचित थिएन । जब कि मुख्यमन्त्रीको र आफ्नो सरकारको कार्यक्रमको विरोध अन्यन्त्र पनि गर्नु गैरजिम्मेवारी, अपरिपक्वता र अवसरवादिताको पराकाष्ठा हो ।
जनमत र जसपाको द्वन्द्व प्रदेश सरकारको नेतृत्वलाई लिएर हो, साथै मधेसमा जातीय उन्माद फैलाउने यसको मनसाय हो । महन्त ठाकुर नेतृत्वको पार्टी कमजोर भएपछि जनमतले मधेसमा आफ्नो प्रभाव बढाउन थालेको छ । मधेस प्रदेशको आठवटै जिल्लामा यादव जाति आर्थिक समाजिक र राजनीतिक रूपले बलियो अवस्थामा छन् । यादव जातिको विरोध गर्ने दाबीका कारण नै जनमतले गैरयादवको समर्थन हासिल गरेको हो र यसै कुरालाई उसले अगाडि पनि बढाएका छन् । मधेसमा यादवको विरोध गरेर गैरयादव जातिको नेता बन्ने मनसायले चन्द्रकान्त राउत अगाडि बढेका हुन् । यादव गैरयादव, यादव-साह, उच्च जाति-कमजोर जातिलगायतका नारा दुर्भाग्यपूर्ण हुन् । जाति, भाषा, धर्म, क्षेत्र र समुदायको आधारमा राजनीति गर्नु उचित होइन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच