भोजपुरको दिङ्लामा माघ १४ बाट खुला तथा बी डिभिजन ब्याडमिन्टन प्रतियोगिता हुने

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको उत्तरमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा आइतवारबाट खुला तथा बी डिभिजन भेट्रान्स ४५ बर्ष माथिको ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ ।

नगरपालिकाको वडा नम्वर ४, दिङला बजारमा माघ १४ गते देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने दिङला व्याडमिन्टन संघका अध्यक्ष नरेन्द्र तामाङले बताउनुभयो । दिङला व्याडमिन्टन क्लबको आयोजना र षडानन्द नगरपालिका तथा वडा नम्वर ४ को संयुक्त प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता दिङला बजार स्थित कभर्डहलमा सञ्चालन हुने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने जोडीलाई ४० हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले २५ हजार नगद, मेडल र प्रमाण पत्र पाउने छन् । यसैगरी सेमिफाइनलिष्ट २ टीमले १०-१० हजार नगद पाउने आयोजक संस्थाले जनाएको छ । वी डिभिजन तर्फ प्रथम हुने जोडीलाई २५ हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले १५ हजार नगद, मेडल र प्रमाण पत्र दिइने छ भने सेमिफाइनलिष्ट २ टीमले सात हजार पाँच सयका दरले नगद पाउने छन् ।

आइतवार दिउँसो औपचारिक कार्यक्रमकाविच प्रतियोगिताको उद्घाटन हुने आयोजक दिङ्ला व्याडमिन्टन संघले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका सचिव लेखनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *