काठमाडौं । शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कारबाट सुशीला ढकाललाई सम्मानित गरेको छ । शब्दयात्रा प्रकाशनद्धारा काभ्रेको बनेपामा शनिबार आयोजित पुरस्कार सर्मपण तथा पुस्तक सार्वजनीकरण समारोहको अवसरमा उहाँलाई सो पुरस्कार समर्पित गरिएको हो ।
स्याङ्जा जिल्लामा जन्मिनुभएकी ढकाल दुवै हात नभए तापनि लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गर्नु भई हाल आन्तरिक राजस्व कार्यालय टंगालमा राजस्व अधिकृत पदमा कार्यरत हुनुहुन्छ । सुशीला ढकाललाई नेपालको निजामती प्रशासनमा संघर्षशील र प्रेरक महिलाका रूपमा चिनिन्छ । सो पुरस्कारको कोष व्यवस्थापन पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशनले सोही अवसरमा अन्य पाँचजना व्यक्तित्वलाई पनि २०८० सालको विभिन्न पुरस्कारहरू समर्पण गरेको छ । जसमा शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कारबाट मानवशास्त्री तथा समाजशास्त्री प्राडा प्रेमकुमार खत्री, शब्दयात्रा प्रा.केदारनाथ–लीला श्रेष्ठ संखुवाासभा प्रतिभा पुरस्कारबाट महाकाव्यकार सोमराज अभय, शब्दयात्रा नारायणी-शंकर राष्ट्रिय योगप्रतिभा पुरस्कार बाट योगप्रशिक्षक डा.चिन्तामणि गौतम, शब्दयात्रा भरत जंगम भक्तपुर प्रतिभा पुरस्कारबाट लेखक तिलक प्रकाश र शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कारबाट संस्कृतिकर्मी विश्व उलक सम्मानित हुनुभएको छ ।
समारोहमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित तीन पुस्तकहरूको सार्वजनीकरण गरिएको थियो । ती पुस्तकहरूमा साहित्यकार ज्ञान उदासद्वारा लिखित कथासंग्रह ‘तोपको आवाज’, साहित्यकार केदारनाथ तिमल्सिनाद्वारा लिखित कथासंग्रह ‘तीस कथा’ र प्रेमकुमार कर्माचार्यद्वारा लिखित पुस्तक ‘मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर’ रहेका छन् ।
प्रा.केदारनाथ श्रेष्ठको सभापतित्वमा आयोजित उक्त समारोहको प्रमुख आतिथ्यता अग्रज समाजसेवी तथा लेखिका सावित्री जंगम थापाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच