काठमाडौं । १२औं संस्करणको डिएस ए स्टार-२०२४ सम्पन्न भएको छ । परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित सो कार्यक्रममासो प्रतियोगितामा गायनतर्फ मिनी डिएसए सिंगिङ प्रतिस्पर्धामा अद्धभिक रायमाझी बिजेता बन्नुभउको । यसै प्रतिस्पर्धामा अनुराग चौलागाईं फष्ट रनरअप घोषित हुनुभयो ।
गायनमै जुनियरतर्फ समृद्धजंग थापाले उपाधि जित्नुभयो भने श्रेयाना खनाल फष्ट रनरअप, आरभ खड्का सेकेण्ड रनरअप र हाना खत्री थर्ड रनरअप बन्नुभयो । प्रि-टिन डिएसए सिंगिङ प्रतिस्पर्धामा अनुकल्प थपलिया बिजेता हुनुभयो भने श्रेयाशी खनाल फष्ट रनरअप र जेशिका गौतम सेकेण्ड रनरअप बन्नुभयो । कार्यक्रममा मिनी डिएसए डान्सिङ स्टारको उपाधि अरुनिया लामिछानेले हासिल गर्नुभयो भने अनुष्का श्रेष्ठ फष्ट रनरअप र कारिशा थापामगर सेकेण्ड रनरअप बन्नुभयो ।
जुनियर डिएसए डान्सिङ स्टारतर्फ निरिशा जोशीले उपाधि आफ्नो पोल्टामा पार्नुभयो । जुनियरतर्फको यो प्रतिस्पर्धामा आरम्भी श्रेष्ठ फष्ट रनरअप, रोसिका आचार्य सेकेण्ड रनर अप बैभव ढकाल थर्ड रनर अप हुनुभएको थियो । नृत्य मानै प्रि-टिन प्रतिस्पर्धामा सिम्रिका श्रेष्ठले उपाधि जित्नुभयो । यो प्रतिस्पर्धामा सुश्मा श्रेष्ठ फष्ट रनरअप र श्रष्टा श्रेष्ठ सेकेण्ड रनरअप बन्न सफल हुनुभयो । प्रतियोगितामा ‘एक्टिङ स्टार’तर्फ अदिती विष्टले उपाधि हासिल गर्नुभयो । अभिनय मै ह्रिनभ प्रधान फष्ट रनरअप र साइमन भट्ट सेकेण्ड रनरअप हुनुभयो ।
नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीले विजेतालाई कार्यक्रममा पुरस्कार प्रदान गर्नुभएको थियो । गायन तथा संगीत क्षेत्रमा योगदान पुर्याएको भन्दै कार्यक्रममा संगीतकार राजनराज सिवाकोटीलाई सम्मानित गरिएको थियो ।
सांगीतिक कार्यक्रमसहितको उक्त प्रतियोगितामा संगीतकार दीपक शर्माले ‘पर्खपर्ख मायालु’ गीत प्रस्तुत गरेर दर्शकको मन जित्नुभएको थियो । यस्तै गायक डेविड शंकरले ‘दर्शन सलाम’ गीत प्रस्तुत गरेर दर्शकलाई नचाउनुभएको थियो । गायिका सरिता भारती र अभिनेता प्रवण भुसालको प्रस्तुतिमा पनि दर्शक रमेका थिए ।
यी प्रतियोगिताका विजेतालाई २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी गराइने आयोजक राज बराइलीले जानकारी गराउनुभयो । इभेन्ट हाउसकी सिईओ सोनिया जिआरले कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउँदै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा आफूहरूले प्रस्तुत गर्दै आएको बताउनुभयो ।
उक्त प्रतियोगिताको प्रमुख निर्णायकमा नेशनल प्यब्सनका अध्यक्ष सुबास न्यौपाने र निर्णायकमा अभिनेत्री पल्पसा डंगोल, पत्रकार नवराज चलिसे, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, मोडल दीपक घिमिरे रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच