पछिल्लो कालखण्डमा राष्ट्रिय एकता र मेलमिलापको औचित्य र आवश्यकाता अरू बढी खड्किरहेको छ । हिजोसम्म बीपी कोइलालाई अनेक लाञ्छना लगाएर सत्तोसराप गर्नेहरू पनि बीपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको मुक्तकण्ठले प्रशंसा गर्न थालेका छन् । यस प्रसंगमा बीपी कोइरालालाई एउटा पार्टी विशेषसँग जोडेर हेर्न हुँदैन । बीपी कोइराला राष्ट्रिय नेता हुन् जसको विचार र दृष्टिकोण सर्वकालिकरूपमा सर्व स्वीकार्य भएको छ । त्यसैले पनि बीपी कोइराला सम्पूर्ण नेपालीको महान नेताको रूपमा स्वीकार्य हुने क्रम बढ्दो छ । उनी नेपाली कांग्र्रेसको संस्थापक नेतामात्रै नभई सबै नेपालीको साझा नेताको रूपमा हेर्न थालिएको छ ।
पछिल्लो कालखण्डमा राष्ट्रिय एकता तथा मेलमिलाप सन्देश लिएर भारतबाट निर्वासित जीवन परित्याग गरेर स्वदेश फिर्ता हँुदा होस् वा नेपाली कांग्रेसले २०१२ सालमा वीरगञ्ज महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादको मार्ग अवलम्बनले बीपीका विचार समाजका लागि सर्वस्वीकार्य बन्दै गएको छ । यद्यपि आजको नेपाल बीपीका ती एकता र मेलमिलापको सन्देशका सन्दर्भमा होस् वा प्रजातान्त्रिक समाजवाद राज्य र खास गरेर बीपीबाटै सृजित पार्टी नेपाली कांग्रेसले बाटो बिराउन खोज्दै छ । सुन्दर विचार सिद्धान्त र आदर्शले सुसज्जित पार्टी नेपाली कांग्र्रेस वर्तमानमा कुरूप बन्दै गएको छ । सिंगो नेपाली समाज भनौं या पार्टीहरू राष्ट्रियता, प्रजातान्त्र र समाजवाददेखि कोही टाढा देखिँदैनन् ।
राष्ट्रिय एकता र मेलमिलापको अपरिहार्य आवश्यकता छ । हामीले जुनसुकै राजनीति पद्धति अँगाले पनि अन्ततः एकता र मेलमिलापको नीति नअँगालेसम्म सही गन्तव्यमा पुग्न सम्भव छैन । यो तथ्यलाई जिम्मेवार राजनीतिक शक्ति र व्यक्ति जोसुकैले पनि आत्मसात गर्नै पर्छ ।
यस अर्थमा नेपाली कांग्र्रेस सफल नै मान्नुपर्छ । राजनीतिलाई पद, पैसा र प्रतिष्ठासँग जोडेर हेर्ने होइन बरू विचार, सिद्धान्त र त्यसका आदर्श (राष्ट्रियता, प्रजातन्त्र र समाजवाद) कति स्वीकार्य हुँदै छ त्यो हेर्दै मूल्यांकन गर्नुपर्ने हुन्छ । आजका राजनीतिक दलहरूलाई हेर्दै सबै शक्तिहरू त्यही आदर्शको वारिपरि घुमिरहेका छन् । कतिले सिधैं स्वीकार गरेका छन् त कति घुमाउरो पाराले फरक त्यत्ति हो । त्यसैले नेपाली राजनीतिमा बीपी कोइराला एक कालजयी राजनेता भन्नु उपयुक्त ठानिन्छ जसले सिंगो नेपाली समाजलाई आफ्नै विचारधारामा डोहो¥याउन सफल भए ।
उता नेपाली कम्युनिष्ट आन्दोलनका मूलधारका तत्कालीन नेकपा माले हाल नेकपा एमाले पनि जबजको भाष्य प्रयोग गर्दै प्रजातान्त्रिक मूल प्रवाहमा समाहित भयो । जब मदन भण्डारीले तत्कालीन नेकपा (माले) हाल एमाले उक्त जबज (जनताको बहुदलीय जनवाद)मा रूपान्तरित गराए तबमात्र नेकपा एमाले प्रजातान्त्रिक पार्टी बन्न पुग्यो । आजको एमाले पूर्ण प्रजातान्त्रिक प्रक्रियासँग आफूलाई अभ्यस्त गराइरहेको छ । साँच्चै भन्ने हो भने नेकपा एमाले अब्बल प्रजातान्त्रिक पार्टीको रूपमा आफूलाई प्रमाणित गर्दै आएको छ । उसका सारा संठनहरू पूरै प्रजातान्त्रिक ढंगले निर्माण भएको पाइन्छ । यद्यपि यदाकदा ससाना कमीकमजोर नभएका भने होइनन् ।
त्यसका बाबजुद उग्रवामपन्थीलाई प्रजातान्त्रिक प्रक्रिया र सिद्धान्तमा हिँड्न सिकाउने मूल पथ प्रदर्शक बीपी कोइरालाकै प्रजातान्त्रिक समाजवाद थियो भन्न सकिन्छ । राजनीतिलाई डोहो¥याउने काम नीति, सिद्धान्त र कार्यक्रम नै हो । त्यसको अभावमा अर्थात् नीति, सिद्धान्त र कार्यक्रमको अभावको राजनीति समुद्रमा हराएको डुंगाजस्तै हुन्छ । नेपालको राजनीतिले विचार, सिद्धान्त र आदर्श सही बाटोमा हिँड्दाहिँड्दै पनि त्यसको कार्यान्वयनमा देखिएको अलमल समुद्रमा हराएर दिशाहिन डुंगाजस्तै हुन पुगेकाले आजको यो अन्यौल सिर्जना भयो । जसबाट जनताको आशा र भरोसा टुट्न गई देश आज बर्बादीको बाटोमा लागेको छ ।
यस सन्दर्भमा पनि राष्ट्रिय एकता र मेलमिलापको अपरिहार्य आवश्यकता छ । हामीले जुनसुकै राजनीति पद्धति अँगाले पनि अन्ततः एकता र मेलमिलापको नीति नअँगालेसम्म सही गन्तव्यमा पुग्न सम्भव छैन । यस तथ्यलाई जिम्मेवार राजनीतिक शक्ति र व्यक्ति जोसुकैले आत्मसात गर्नै पर्छ । यद्यपि सैद्धान्तिक दृष्टिकोणले सबै राजनीतिक शक्तिहरू उस्तै-उस्तै देखिन्छन् तर फरक पदावली मात्रै । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कुनै पनि राजनीतिक पार्टी वा शक्तिले अस्विकार गर्न सक्तैन ।
यस्तो सर्वस्वीकार्य बनेको आदर्शरूपी सिद्धान्तलाई कार्यान्वयनमा उतार्न किन पार्टीहरू एकताबद्ध हुन सक्तैनन् यो चाहिँ बडो रहस्यको विषय बनेको छ । समस्याको मुख्य गाँठो नै यही भएको छ । यदि राजनीति समाजको बृहत्तर हितका लागि गर्ने भने झिनामसिना कुरामा अल्झिनु हुँदैन । नेपालीमा एउटा उखान छ ‘कुचाले बढार्नुपर्ने गर्ने हावाले उडायो’ भनेझौँ गर्छ भने टाउको दुखाउन कुरै भएन तर यहाँ हावाले उडाएकोमा पनि टाउको दुखाइ हुनु नै विडम्बना भएर आएको छ । यी र यस्तै लघुताबोधबाट मुक्त हुन बीपी कोइरालाका ती महान् विचार र सन्देशको सान्दर्भिकता अझै सकिएको रहेनछ भन्न हिचकिचाउन पर्दैन ।
माओवादीबीच बृहत् शान्ति सम्झौतापश्चात् मात्र माओवादी शान्ति प्रक्रियामा आयो । त्यसको पछाडि पनि राष्ट्रिय एकता र मेलमिलापको सन्देशले अभिप्रेरित गरेन होला भन्न सकिँदैन । किनकि त्यो शान्ति प्रक्रियाको मुख्य योजनाकार बीपी कोइरालाकै भाइ गिरिजाप्रसाद कोइराला नै अग्रपंक्तिमा थिए ।
अब आयो मौजुदा तेस्रो राजनीतिक शक्ति नेकपा माओवादी केन्द्र । उसले पछिल्लो कालखण्डमा सञ्चालन गरेको सस्शत्र युद्ध नामको दर्दनाक हत्याहिंसाको राजनीतिले नेपाली समाजले भर्खरै लय समात्नै के लागेको थियो सबै भताभुंग बनाइदियो । तत्कालीन दरबारले पनि माओवादीलाई पुल्पुल्याउन लागेको जस्तो छनक मिल्थ्यो । गिरिजाप्रसाद कोइरालाले माओवादीका आतंककारी गतिविधिलाई नियन्त्रण र निःशस्त्र बनाउन शाही सेना प्रयोग गर्न अनुमति नदिएकै कारण माओवादी थप उत्साहित भएर धेरै जनधनको क्षेति हुन पुग्यो । यद्यपि २०६२/०६३ तिर तत्कालीन सात राजनीति दल र माओवादीबीच बृहत् शान्ति सम्झौतापश्चात् मात्र माओवादी शान्ति प्रक्रियामा आयो ।
त्यसको पछाडि पनि राष्ट्रिय एकता र मेलमिलापको सन्देशले अभिप्रेरित गरेन होला भन्न सकिँदैन । किनकि त्यो शान्ति प्रक्रियाको मुख्य योजनाकार बीपी कोइरालाकै भाइ गिरिजाप्रसाद कोइराला नै अग्रपंक्तिमा थिए । त्यसैले माओवादीलाइ शान्ति प्रक्रियामा ल्याउन बीपीका उक्त सन्देश दिशा निर्देशको रूपमा लिनुपर्ने हुन्छ । मानिसहरू सतही कुरामात्रै गर्छन् तर एकता र मेलमिलापको गहिराइमा पुग्ने कोसिस गरेको पाइँदैन । त्यति दूर्दर्शी नेताका विचार, दृष्टिकोण र सिद्धान्तलाई सामान्यीकरण गर्दा पनि आज नेपाल धेरै पछाडि परेको हो । बीपीका विचार, सिद्धान्त र आदर्श अनि राष्ट्रिय एकता तथा मेलमिलापको सन्देश आज कसैले नकार्न सक्तैन । सर्वकालिक रूपमा उनका विचारहरू सर्व स्वीकार्य हुँदै गएका छन् ।
माओवादी जस्तो पार्टीले पनि बीपी कोइरालालाई स्मरण गर्न शान्तिका कुरा गर्दै गरेको अवस्था छ । त्यसमा पनि बीपी कोइरालाको प्रभाव परेन होला भन्न सकिँदैन । अब पुरानो र यथास्थितिवादी राप्रपा जो राजातन्त्रको छत्रछायामा पालितपोषितहरूले पनि बीपीका विचारलाई अस्विकार गरेको पाइँदैन भने चौथो राजनीतिक शक्ति पनि बीपी कोइरालाका विचारलाई आफ्नो मार्ग निर्देशक सिद्धान्तको रूपम लिएको हुनुपर्छ । यसर्थ बीपी कोइराला स्मरण गर्दा पहिले पहिले स्वयं नेपाली कांग्रेसले पनि वार्षिक तिथिमा पितृहरू सम्झेर श्राद्ध गरेझैँ कर्मकाण्डमै सीमित रहन्थ्ये तर आज सिंगो नेपालले बीपी कोइरालालाई श्रद्धापूर्वक सम्झना गर्न थालेका छन् । त्यस कारण पनि बीपीका विचार, राष्ट्रिय एकता तथा मेलमिलापको औचित्य र आवश्यकता अझै खड्किरहने निश्चित जस्तो देखिएको छ ।