काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रालिद्वारा संयुक्तरूपमा आयोजित प्रदर्शनी माघ २१ गतेसम्म सञ्चालन हुनेछ । निर्माणसँग सम्बन्धित उत्पादन साथै सो क्षेत्रका नवीनतम् प्रविधिबारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रदर्शनी उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदर्शनीबाट व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।
मिडिया स्पेस सोलुसन्सका कार्यकारी निर्देशक सिर्जल भट्टराईले प्रदर्शनीले आर्थिक संकुचन हटाउन सहयोग पुग्ने बताउनुभयो । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इञ्जिनियर्स, कन्ट्र्याक्टर्स, बिल्डर्स, इन्टेरियर डिजाइनर, घर बनाउन चाहने व्यक्ति तथा आमनागरिकको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
आयोजकका अनुसार प्रदर्शनीमा विभिन्न पाँच सयभन्दा बढी ब्राण्डका एक सय ५० भन्दा बढी स्टलहरू रहेका छन् । निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब–डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारेमा जानकारी साथै नयाँ–नयाँ प्रविधिबारे थाहा पाउन सक्नेछन् । प्रदर्शनीमा नेपाल, भारत, चीन, ताइवान, दुबईका कम्पनीको सहभागिता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच