डवली मेला नृत्यमा सिद्धकाली र भोजपुर बहिरा आवासीय पहिलो

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा ऐतिहासिक डवली मेलाको अवसरमा आयोजित अन्तर माध्यामिक तथा आधारभुत तह स्तरीय नृत्य प्रतियोगितामा सिद्धकाली र भोजपुर बहिरा आवासीय बिद्यालय पहिलो बनेको छ ।

बिहीबार भएको फाइनल प्रतियोगितामा माध्यामिक तह तर्फ सिद्धकाली बोडिङ स्कुल पहिलो बनेको छ । दोश्रो बिद्योदय मावि र तेश्रो सगरमाथा बोडिङ स्कुल भएको छ । यस्तै आधारभुत तह तर्फ भोजपुर बहिरा आवासीय बिद्यालय पहिलो, बालकन्या आधारभुत बिद्यालय दोश्रो र भोजपुर एकेडेमी तेश्रो भएको प्रतियोगिताका मुख्य निर्णायक बिरोध बस्नेतले जानकारी दिनुभयो ।

फाइनलका लागि मावि तर्फ सिद्धकाली बोडिङ स्कुल, बिद्योदय मावि, सगरमाथा बोडिङ स्कुल, पञ्चकन्या मावि, भोजपुर एकेडेमी र जाल्पा मावि छनौट भएका थिए भने आधारभुत बिद्यालय तर्फ बालकन्या आधारभुत बिद्यालय, भोजपुर बहिरा आवासीय बिद्यालय, पञ्चकन्या आधारभुत बिद्यालय, भोजपुर एकेडेमी र सिद्धकाली बोडिङ स्कुलका बिद्यार्थी चुनिएका थिए ।

विद्यालयमा अध्ययरतरत बिद्यार्थीहरुलाई नृत्य तर्फ हौसला प्रदान गर्ने उद्धेश्यका साथ प्रतियोगिता संचालन गरिएको आयोजक संस्थाका सदस्य देउप्रकाश राईले बताउनुभयो । नृत्य प्रतियोगितमा माध्यामिक बिद्यालय र आधारभुत तह तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १५ हजार, १० हजार, ५ हजार सहित ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने राईले जानकारी दिनुभयो ।

विजयी बिद्यालयहरुलाई आगामी माघ २० गते पुरस्कार बितरण गरिने छ । गत पौष २७ गतेबाट भोजपुरमा ऐतिहासिक डवली मेला लागि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?