
शैलुङ । खेतको खलोमा थुपारिएको धानको राश झैं सैयौं थुम्काहरुले शु-सज्जित शैलुङको तामाङ भाषामा सय थुम्का भन्ने अर्थ हुन्छ । जुन थुम्का चढेर हेरेपनी यहाँबाट नाङ्लोको घेराजस्तै सेताम्य हिमालहरु हेर्न पाइन्छ ।
गौरीशंकर, सगरमाथा, नुम्बुर, लाङटाङ, गणेश हिमाल, अन्नपूर्ण, मनास्लुसम्मका हिमाल यहाँबाट देखिन्छन् । ३१५० मिटर उचाइको शैलुङ डाँडाबाट सुर्योदय, सुर्यास्त र हिमाली सौन्दर्यको मिठास पाउन सकिन्छ । यो महाभारत पर्वत शृङ्खला कै सर्वोच्च स्थान पनि हुनाले यो आफैंमा प्राकृतिक भ्युटावर हो ।
शैलुङ प्रकृतिको सुन्दर सृजना त हुँदै हो यो हिन्दु र वौद्धमार्गीको साझा तीर्थ पनि हो । प्रथम बुद्ध साङ्गे म्हामोर्चेको तपस्थल, पद्मसम्भवले पाइला टेकेको चिनो, शैलुङ्गेश्वर महादेव, गोदावरी गुफा आदीले शैलुङ अध्यात्म र प्रकृतिको दोभान बनेको छ ।
अहिले आफुलाई सेताम्मै सिंगारेर शैलुङ तपाईंलाई पर्खिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच