काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको बताएको छ ।
शुक्रवार सिआईबीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामो समयको अनुसन्धानको आधारमा चौधरी लगायत बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरिएको बताएको हो ।
सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले २०५२ साल साउन ११ गते च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएको प्रमाण रहेको बताउनु भयो । उहाँले च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएपछि तत्कालिन च्याम्पियन फुटवेयर लिमिटेडलाई २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको देखिएको बताउनु भयो ।
उहाँले बाँसबारी छालाजुत्ता कारखाना निजीकरणको क्रममा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सरकारी शेयर किन्ने प्रश्तावका आधारमा महालेखा नियन्त्रणको कार्यालयबाट २५ प्रतिशत शेयरको लिलामी निकाल्ने भएपनि लिलामी शेयरलाई ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले शेयर खरिद गरेको देखिएको बताउनु भयो । उहाँले चौधरीले २०५४ पौष ४ मा च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता भएपछि तत्कालिन सरकारको अधिनमा रहेको जग्गा व्यक्तिको नाममा गएको बताउनु भयो । उहाँले त्यसपछि च्याम्पियन फुटवेयर प्रा.लि.को नाम पनि परिवर्तन गरेर सिजी चाँदबाग रेसिडेन्सी प्रा.लि. राखिएको बताउनु भयो ।
उहाँले बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको भएपनि त्यस्तो नभएको देखिएको बताउनु भयो । उहाँले २४ प्रतिशत सर्वसाधरणको लागि जारी गर्ने भनिएको शेयर पनि कतै जारी नभएको बताउनु भयो । उहाँले बाँसबारी छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरले प्रतिरोपनी २ लाख ५० हजारको दरले मूल्याङ्कनको आधारमा बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको बताउनु भयो । उहाँले च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाखमात्र देखिएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ बाँसबारीस्थित बाँसवारी जाला जुत्ता कारखानामा रहेको सरकारी १८ रोपनी जग्गा मध्येबाट १० रोपनी जग्गा हिनामिना भएको सम्बन्धमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धान गरी पक्राउ गरेको सम्बन्धमा तत्कालन श्री ५ को सरकारको नाममा १८ रोपनी जग्गा थियो । तत्कालिन सरकारले निर्णय गरेर बाँसबारी छाला जुत्ता उद्योगलाई दिएको थियो । सोही छाला जुत्ता उद्योगको जग्गा मध्येबाट तत्कालिन बाँसबारी छाला जुत्ता उद्योगका अध्यक्ष अजितनारायण सिंह थापा र चौधरी परिवारको तर्फबाट अरुणकरण दास चौधरीबीच प्रवद्र्धन सम्झौता भयो । जसमा स्र्पोट सुज उत्पादन गर्ने कम्पनी स्थापना गर्ने कम्पनीको ५१ प्रतिशत अरुण चौधरी र परिवार,२५ प्रतिशत छालाजुत्ता उद्योगको र २४ प्रतिशत सर्वसाधरणको शेयर रहने गरेर कम्पनी खोल्ने सम्झौता भएको थियो । त्यही सम्झौताको आधारमा २०४३ भदौ १३ गते च्याम्पियन फुटवेयर लिमिटेडमा २५ प्रतिशत बाँसबारी छाला जुत्ता उद्योगको शेयर रहने गरेर निर्णय गरियो । २०४३ मंसिर २७ गते च्याम्पियन फुटवेयर लिमिटेड दर्ता भएर २०४४ भदौ ५ गते बाँसबारी छालाजुत्ता उद्योगको ६ रोपनी जग्गा (जसको मूल्याङ्कन प्रतिरोपनी २ लाख ५० हजार गरेर १५ लाख बराबरको १८ रोपनीबाट कट्टा गरेर ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा हस्तान्तरण गरेको देखिन्छ । पुनः २०४४ मंसिर १३ गते अर्को थप ४ रोपनी जग्गा पनि २०४४ पौष १८ गते दिएर बाँसबारी छाला जुत्ता कारखानाको २६ लाख रुपैयाँ लगानी भएको देखिन्छ । कम्पनी स्थापना हुँदा कम्पनीको पुँजी ५० लाख रुपैयाँको थियो । कम्पनीको पुँजी १ करोड बनाउँदा थप ४ रोपनी जग्गा दिएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई दिएको देखिन्छ । यसमा लगानीको हिसावले हेर्दा २४ प्रतिशत शेयर सर्वसाधरणको लागि भनिए पनि कतै पब्लिक भएको देखिएको छैन । कम्पनीले २६ लाख लगानी गरेको र बाँकी ७४ लाख रुपैयाँ अन्य पार्टीहरुबाट लगानी हुनुपर्ने थियो । त्यसमध्ये जम्मा ८ लाख रुपैयाँ मात्रै लगानी भएको देखिन्छ । जुत्ता कारखाना स्थापना गरेर आफ्नो शेयरअनुसार लगानी र सर्वसाधरणलाई शेयर निष्कासन नगरी बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा र बाँकी ८ रोपनी जग्गा पनि लिने उद्देश्य देखिन्छ । त्यसको ३ वर्षपछि जुत्ता कारखाना बन्द भएको देखिन्छ । जुत्ता कारखाना बन्द भएपछि २०४९ असार २३ मा निजीकरण गर्ने निर्णय ग¥यो । बाँसबारी छालाजुत्ता कारखाना निजीकरणको क्रममा एउटा प्रश्ताव जान्छ । जसमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सरकारी शेयर छ । सरकारी शेयर मात्रै किन्छु भनेर च्याम्पियन फुटवेयरका लागि गएको देखिन्छ । २५ प्रतिशत शेयर महालेखा नियन्त्रणको कार्यालयमा गयो । महालेखा नियन्त्रणको कार्यालयबाट २५ प्रतिशत शेयरको लिलामी निकाल्ने र लिलामीलाई ३६ लाख रुपैयाँ अरुणकुमार चौधरीले शेयर खरिद गरेको देखिन्छ । २०५२ साउन ११ गते शेयर अरुण चौधरीको नाममा आयो । २०५४ साउन १२ मा पब्लिक कम्पनी थियो । त्यसलाई प्राइभेट लिमिटेडको प्रक्रिया शुरु गरेर २०५४ पौष ४ मा प्राइभेट लिमिटेडमा दर्ता भएपछि तत्कालिन सरकारको अधिनमा रहेको जग्गा व्यक्तिको नाममा गएको देखिन्छ । च्याम्पियन फुटवेयर प्रा.लीको नाम परिवर्तन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको छ । लामो समय अनुसन्धान गरेर पक्राउ गरिएको हो ।’
उहाँले २५ प्रतिशत शेयरको मूल्य साढे १२ लाख रूपैयाँ मात्र पर्ने भएपनि बाँसबारीले २६ लाख रूपैयाँ मूल्य बराबरको १० रोपनी जग्गा दिएको बताउनु भयो । उहाँले कम्पनीको चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पु¥याइएपछि बाँकी अरु पक्षबाट ७४ लाख रूपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाखमात्र लगानी भएको पाएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच