काठमाडौं । कलासाहित्य डट कम प्रतिष्ठानले विभिन्न सर्जकहरूलाई सम्मानित एवं पुरस्कृत गरेको छ । बिहीबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध कलाकार किरण मानन्धरले आख्यानकार भागिरथी श्रेष्ठलाई नगद राशि एक लाखसहित ‘राष्ट्रिय कलाश्री पुरस्कार २०८०’ अर्पण गर्नुभएको थियो । सोही अवसरमा मानन्धरले नगद राशि ७५ हजारसहित ‘स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०८०’ कवि कृसु क्षेत्रीलाई, नगद राशि ६० हजारसहित ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार २०८०’ कलाकार सम्झना राजभण्डारीलाई, नगद राशि ५० हजारसहित ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार २०८०’ साहित्यिक पत्रकार अश्विनी कोइरालालाई र ५० हजार नगद राशिसहित ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार २०८०’ संगीतकार सन्तोष श्रेष्ठलाई अर्पण गर्नुभयो ।
‘राष्ट्रिय कलाश्री सम्मान २०८०’ बाट सम्मानित व्यक्तित्व साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल अस्वस्थताका कारण अनुपस्थित रहेकाले उहाँलाई केही समयपछि घरमै गएर उक्त सम्मान समर्पण गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।
उक्त अवसरमा ‘नेपाल सम्मान’ जलविद्युत्का क्षेत्रमा क्रियाशील व्यक्तित्व मोहनविक्रम कार्कीलाई समर्पण गरिएको थियो । कार्की पनि अनुपस्थित रहेकाले उहाँको सम्मान उहाँका निकटस्थ व्यक्तिलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कलाकार मानन्धर, प्रतिष्ठानका संरक्षक डा. विमल कोइराला, पुरस्कृत व्यक्तित्वहरू भागिरथी श्रेष्ठ, कृसु क्षेत्री, प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मोमिला, महेश पौड्याल र राजेश्वर कार्कीले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच