काठमाडौं । अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजको सेमिफाइनलमा प्रवेश गरेको छ । काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा अक्षरिकाले कान्जिरोवालाई ५९-२६ ले पराजित गर्यो । अक्षरिकाका आर्यन श्रेष्ठले १६ अंक जोड्नुभयो ।
सिनियर ब्वाइजमै भ्याली पब्लिकले मोर्डन इण्डियन स्कुललाई ४८-२६ तथा शिक्षालयले द ब्रिटिस स्कुललाई २६-१६ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकका सुनिल पौडेलले ३३ तथा शिक्षालयका प्रिन्स थापा मगरले १२ अंक जोड्नुभयो ।
सिनियर गल्र्समा बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) ले निस्टलाई २७-२१, शिक्षालयले न्यु स्टार पोललाई ५-४ र नेमोनिकले मनाङ्कलाई २५-२४ ले पाखा लगाए । बिआइएसकी डिकी शेर्पाले १२, शिक्षालयकी जस्मिना थापा मगरले ३ र नेमोरिककी सुजाता चौलागाईंले आठ स्कोर गर्नुभयो ।
यता होप्स टेबलटेनिस एकेडेमीकी मुनमुन कुन्डुले छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण जित्नुभएको छ । सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मुनमुनले लान्फाङ टेबलटेनिस एकेडेमी, चीनकी याङ याङ जियलाई ११-८, ११-८ र १३-११ को सोझो सेटमा पराजित गर्नुभयो । पुरुष सिंगल्समा होप्सका वंश सिन्गलले होप्सकै कृष्ण थापा मगरसँग फाइनल भेट पक्का गर्नुभयो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यू-१६ ब्वाइज सिंगल्स फाइनलमा धरान टिस्टा टोर्सा टेबलटेनिस एकेडेमी श्रीयाज वर्दान सिंहले आफ्नै एकेडेमीका प्रयास साहलाई ११-५, ११-३, ९-११ र ११-२ को सेटमा हराउँदै पहिलो हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच