गुल्मी । गुल्मीमा सूचना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गुल्मीका विभिन्न क्षेत्रमा रही सुचना प्रविधि सम्बन्धी व्यवसाय गर्ने र सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई अभिमुखीकरण गरिएको हो ।
हाइस्पीड कम्प्यूटरको आयोजनामा नेटवर्क डिजाइन, नेटवर्क र इन्टरनेट उपकरणहरुको उत्पादन र बिक्रीवितरण, नेटवर्क सुरक्षा सम्बन्धि सहभागीलाई अभिमुखिकरण गरिएको हो । उक्त प्रविधिहरु उत्पादन गर्नुका साथै संसारका झण्डै १०० देशहरुमा आफ्ना उत्पादन र सेवाहरु प्रदान गर्दै आइरहेको रुजी रि ब्राण्डले सचेतनात्मक अभिमुखिकरण कार्यक्रम गरेको हाइस्पीड कम्प्यूटरका सञ्चालक कृष्ण खनालले जानकारी गराउनुभयो ।
त्यस अभिमुखिकरण कार्यक्रममा रुजी रि कम्पनीको तर्फबाट प्रशिक्षक रोशन गिरीले सूचना प्रविधिसंग सम्बन्धी प्रशिक्षण दिनुभयो । प्रशिक्षण कार्यक्रमका सहभागीमध्ये आफ्ना राय राख्दै सिद्दबाबा माध्यमिक विद्यालयका शिक्षक टीका खड्काले नेटवर्क र इन्टरनेट सम्बन्धि धेरै जानकारी प्राप्त गर्ने अवसर मिलाएको प्रति आयोजकलाई धन्यवाद दिनुभयो ।
बढ्दो बजारीकरण, प्रविधिको उच्चतम प्रयोग एवम् दिनानुदिन भएको प्रविधिको विकाससँगै नयाँ–नयाँ प्रविधिहरु नेपालमा पनि भित्रिरहेको सन्दर्भमा अभिमुखिकरणबाट नयाँ कुरा जानकारी प्राप्त भएको बताइएको छ । प्रविधिसँग सबै ‘अपग्रेड’ हुन जरुरी रहेको देखिन्छ ।
विगत १२ वर्षदेखि गुल्मी र आसपासका जिल्लाहरुमा सुचना तथा सञ्चार प्रविधि सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको हाइस्पीड कम्प्युटरले नयाँ–नयाँ प्रविधिहरु भित्र्याउदै आइरहेको छ ।
चीनमा उत्पादन हुने उक्त प्रविधिहरुले विश्वबजारका विभिन्न देशहरुमा विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको छ । नेपालमा पनि नेटवर्क र इन्टरनेट डिभाइसमा ठुलो बजार हिस्सा लिने कम्पनीका नेपाल प्रतिनिधिहरुले आशय व्यक्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच