हुम्ला । हिमपातले अवरुद्ध बनेको हवाई सेवा सुचारु भएको छ । आइतबार र सोमबार अवरुद्ध भएका निजी एयरलाइन्सले नेपालगञ्जदेखि उडान भरेका हुन् ।
मङ्गलबार समिट र तारा एयरले एक एक फटाइट नेपालगञ्जदेखि हुम्लाका लागि उडान भरेको समिट एयरका सिमकोट शाखाका कर्मचारी राजबहादुर बोहराले बताउनुभयो । हिमपातका कारण हुम्लाको हवाई सेवा अवरुद्ध भएको थियो । तारा एयरले नेपालगञ्जबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न र व्यापारी सामान ढुवानी गरेको हो । समिट एयरले भने यात्रुहरु ओसारेको छ बोहराले बताउनुभयो । सिमकोटदेखि तारा र समिट एयरले नेपालगञ्ज यात्रुले ओसारेको उहाँले बताउनुभयो ।
सिमकोटको मौसम सफा भए पनि नेपालगञ्जमा बिहान लागेको हुस्सुको कारण हवाई उडान ढिलो भएको थियो । हवाई उडान सुचारु भएसँगै सिमकोटमा रहेका यात्रु नेपलागञ्ज झरेका हुन् । १० बजेपछि हुम्लामा हावा बढेका कारण दुबै एयरलाइन्सले एक एक फलाइट भन्दा बढी उडान भर्न नसकेका हुन् । नेपालगञ्जबाट एक एक फलाइट गरेका एयरलाइन्सले जिल्लामा हावा बढ्दा सुर्खेत भने उडान भर्न नसकेको उहाँले बताउनुभयो ।
यस्तै नेपाली सेनाको हेलिकोप्टरले बाँकेको कोहलपुरस्थित श्री राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालयमा २१ दिनको जुनियर डिभिजन (एनसीसी)तालिम सम्पन्न गरेका विद्यार्थीलाई समेत ओसारेको छ । मानसरोव माध्यामिक विद्यालयबाट माघ १ कोहलपुरस्थित शिक्षालयमा तालिम सम्पन्न गरेका ३६ जना छात्रछात्रालाई सेनाको हेलिकोप्टरले दुई दिन गरेर हुम्ला ओसारेको मानसरोवर माध्यामिक विद्यालयका शिक्षक खगेन्द्र भण्डारीले बताउनुभयो । मानसरोवर माध्यमिक विद्यालयका ३६ जना विद्यार्थीलाई नेपाली सेनाले जुनियर डिभिजन (एनसीसी) तालिम दिएको हो ।
सेनाले ती विद्यार्थीमा अनुुशासन, राष्ट्रभक्ति र स्वयंसेवा जागृत गराउने तालिम प्रदान गर्दै आएको थियो । सेनाले पाँच वर्षदेखि हुम्लाको मानसरोवर नमुना माध्यामिक विद्यालय र बालमन्दिर माध्यामिक विद्यालयका छात्राछात्रलाई उक्त तालिमा प्रदान गर्दै आएको छ ।
जिल्ला बाहिर तालिमका लिने र हुम्ला पुर्याउने काम सेनाले गर्दै आएको छ छ । तालिमपश्चात् ती विद्यार्थीले स्वयंसेवकका रुपमा काम गर्ने गर्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच