चिनियाँ टोलीसँगको खेल युवा खेलाडीलाई अवसर : प्रशिक्षक एनेस

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली युवा टोलीका प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले चीनको टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि करिव एक साता तयारी गरेको र यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीलाई अवसर हुने बताउनुभएको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यु–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिवार मैत्रीपूर्ण खेल हुँदैछ ।

सोही खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्यता रहेको उल्लेख गर्दै तयारी पनि राम्रो भएको बताएका हुन् । यसको तयारी पोखरामा पनि पनि गरेको प्रशिक्षकले उल्लेख गर्नुभयो । उहाँले अधिकांश यु–२० उमेरसमूहका खेलाडी र एक जना यु–१६ खेलाडी पनि टोलीमा समावेश गरेको बताउनु भयो । नेपालस्थित चीनियाँ राजदुतावास, राष्ट्रिय खेलकुद परिषद(राखेप), नेपाल पर्यटन बोर्ड र अखिल नेपाल फुटबल संघको संयुक्त आयोजनामा सो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ । खेल दशरथ रंगशालामा शनिवार दिउँसो ३ बजे शुरु हुनेछ । अधिकांश खेलाडी विदेसिएका समयमा यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर हुने बताउनु भयो ।

साथै प्रशिक्षक एनेसले नेपालबाट खेलाडी मात्र नभई धेरै जना विदेश जाने गरेको र जुन निकै दुःखद् पक्ष रहेको उल्लेख गर्दै पछिल्ला एक वर्षमा आफूले धेरै क्षमतावान खेलाडी गुमाउनुपरेको उहाँको भनाइ छ । नेपाली छिमेकी राष्ट्र भारतको पछिल्लो समय एशियन कप आफूले हेरेको र त्यहाँ ६ वर्षदेखि राष्ट्रिय टोलीबाट नियमित रूपमा खेलेका खेलाडी रहेको बताउनु भयो । भारतमा प्रशिक्षकले पनि लामो समय टिम हेर्न पाएकाले नतिजा राम्रो आएको धारणा राख्नुभयो यद्यपि नेपालमा लगातार टोलीमा परिवर्तन भइरहनु दुःखद् पक्ष रहेको उनको धारणा छ । तर पनि यसलाई अवसरका रूपमा लिएर अगाडि बढ्नुपर्ने उहाँले बताउनु भयो । युवा खेलाडीले यो मैत्रीपूर्ण खेललाई अवसरका रूपमा लिने उनको भनाइ छ । नेपालले गत वर्ष एशियन गेम्समा यु–२३ पुरुष फुटबल खेल्न नपाएकाले यो मैत्रीपूर्ण खेल युवा टोलीका लागि अवसर हुने विश्वास व्यक्त गर्नुभयो ।

एन्फाले चिनियाँ टोलीसँगको खेलका लागि मनिष डाँगीको कप्तानीमा २३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको छ । कप्तान मनिषले प्रशिक्षणका लागि आठ दिनको समय पाएको उल्लेख गर्दै समय कम भएपनि तयारी राम्रो भएको बताउनु भयो । आफ्नो कप्तानी जिम्मेवारीमा उत्साहित भन्दा पनि खेलमा मात्र केन्द्रित भएको मनिषको भनाइ छ । खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । पहिलो हाफको अन्तरालपछि पनि केही प्रश्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

चिङ्घाईको छिङ हाई युसु युवाका १६ जना खेलाडीसहितको टोली नेपाल आएका हुन् । उक्त टोलीमा औसत २२ वर्ष उमेरका खेलाडी छन् । चिनियाँ टोलीका प्रशिक्षक बादेङ चेङलिनले नेपाली टोलीसँग खेल्नु आफूहरुका लागि अवसर र सांस्कृतिक आदनप्रदान गर्न खेलले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । प्रशिक्षक बादेङले नेपाली टोली राम्रो रहेको आफूले सुनेको उल्लेख गर्दै खेल रोमाञ्चक हुने विश्वास व्यक्त गर्नुभयो ।

चिनिया टोलीले यो खेलबाट दुई देशको सम्बन्धलाई राम्रो बनाउने विश्वास लिएको छ । लगभग एक महिनाको तयारी गरेर नेपाल आएको टोलीका नेताले जानकारी दिनुभयो । साथै सो चिनियाँ टोलीले यो अवसरमा सांस्कृतिक आदनप्रदानका लागि यो खेल निक्कै महत्वपूर्ण हुने विश्वास राखेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट दर साधारणतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ निर्धारण गरिएको छ । एन्फाले टिकट खरिद गर्ने दुई जना भाग्यशाली दर्शकका लागि काठमाडौंदेखि ल्हसा र ल्हसादेखि काठमाडौंको हवाई टिकटसमेत प्रदान गरिने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?