काठमाडौं । हिमरश्मी र सेबले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पारेका छन् । टोखाको प्रयासनगरस्थित आयोजक किङडम हिमालयनको कोर्टमा हिमरश्मीले जिनियस वल्र्डलाई २०-८ तथा सेबले भद्रकालीलाई २३-७ ले पराजित गरे । सोही स्पर्धामा ओडिसीले न्यु जेनिथलाई १२-५ ले हरायो ।
सिनियर ब्वाइजमा जेनिथले सिग्मालाई ३८-१९, इबिएले सिग्मलाई २९-२३ र विल्सन एकेडेमीले ओडिसीलाई ५३-१० ले पाखा लगाए । सिनियर गल्र्समा आयोजक किङडमले बिएनएलाई १०-५, विल्सनले पिपुल्स एकेडेमीलाई १४-११ र न्यु जेनिथले फेरिल्याण्डलाई १०-९ ले पन्छाए ।
यस्तै, काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट (केसिसिएस) वेस्टर्न रिजन अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगितामा केसिसिएसले लक्ष्मी शिक्षा सदनलाई २५-१५ ले पराजित गर्यो । विजेताका रोनिशले ८ अंक जोड्नुभयो ।
स्युचाटारस्थित काठमाडौं भ्याली कलेजमा भइरहेको प्रतियोगितामा ग्रिनफिल्ड, काठमाडौं भ्याली र एडमार्क पनि सेमिफाइनलमा पुग्न सफल भए । ग्रिनफिल्डले जुबिलयन्टलाई ६४-२८ ले हरायो । ग्रिनफिल्डका सुशान्त कार्कीले २० स्कोर गर्नुभयो । काठमाडौं भ्यालीले काष्ठमण्डपको यात्रामा ३०-२६ ले पूर्णविराम लगायो । विजेताका विशाल तामाङले १३ अंक बटुल्नुभयो ।
एडमार्कले राइजिङ स्टारमाथि २९-२८ को कठिन जित दर्ता गर्यो । एडमार्कका निराजन शाहले १२ अंक जोड्नुभयो । सेमिफाइनलमा एडमार्कको भेट केसिसिएससँग हुनेछ भने काठमाडौं भ्यालीले ग्रिनफिल्डको सामना गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच