काठमाडौं । ‘डा. ओम फाउन्डेसन’द्वारा विद्यालयस्तरमा धुम्रपान तथा सुर्ती सेवनविरुद्ध सञ्चालित सचेतना मुलक अभियान ‘स्कुल हेल्थ प्रोग्राम’को रचनात्मक कार्यक्रम सम्पन्न भएको छ । सरस्वती पूजा तथा प्रणय दिवसको सन्दर्भ पारेर फाउण्डेशनले विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको थियो । तीनवटै विधाका प्रतियोगिताको अन्तिम परिणाम शनिबार प्रकाशित भएसँगै रचनात्मक क्रियाकलाप सम्पन्न भएको हो ।
रचनात्मक कार्यक्रमअन्तर्गतको कविता विधामा पाँचजना विद्यार्थी विजयी भएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका अनुसार कविता प्रतियोगिताका विजेताहरूमा क्लिन्टन स्कुल चाबहिल काठमाडौंको कक्षा ६ की छात्रा सिद्धिका शाह, कोशी सेन्ट जेम्स आवासीय मावि इटहरी कक्षा ७ की छात्रा पूर्णिमा गौतम, सेन्ट मेरिज उच्च मावि ललितपुर कक्षा ७ की छात्रा इभा पौडेल, जोन डेवी उच्च मावि महाराजगन्ज कक्षा ९ की छात्रा शाश्रिका खत्री र क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (सी.सी.आर.सी) बालकुमारी कक्षा १२ की छात्रा चाँदनी पाल रहनुभएको छ ।
धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देशमूलक कविता प्रतियोगितामा देशभरका विद्यालयका १२ कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । उत्कृष्ट रचनाकारलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल केही समयपछि विशेष कार्यक्रम गरी प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।
त्यस्तै बाल चित्रकला प्रतियोगितामा दीप बोडिङ स्कुल बुटवल कक्षा ५ की छात्रा प्रिस्ति पुन र फिसटेल एकेडेमी सेकेण्डरी स्कुल पोखरा कक्षा ४ का छात्र डेभेश पहारी विजेता हुनुभएको छ । उपविजेताहरूमा निष्ट स्कुल लोकन्थली, भक्तपुर कक्षा ४ की छात्रा पल्लबी भट्टराई, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसबारी, काठमाडौं कक्षा ६ की छात्रा जेसिका थापा, वेदिक स्कुल बालकोट, भक्तपुर कक्षा ६ की छात्रा समृद्धि श्रेष्ठ, सल्यान पब्लिक स्कुल शंखमूल, सल्यान कक्षा ६ की छात्रा एलिना बुढाथोकी, साउथ जोन सेकेण्डरी स्कुल वीरगञ्ज कक्षा ६ का छात्रा अंकित साह र ओम शान्ति एकेडेमी भरतपुर, चितवनका कक्षा ८ का छात्र सलिन आचार्य रहनुभएको छ ।
धुम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा पर्ने असर झल्काउने चित्रकला प्रतियोगितामा देशभरका कक्षा ८ सम्मका विद्यार्थीले भाग लिएका थिए । विजेता विद्यार्थीलाई जनही १० हजार रुपियाँ नगद पुरस्कार र उपविजेतालाई दुई हजार ५०० रुपैयाँ तथा प्रमाण पत्र एवं मेडलस्वरुप प्रोत्सहान पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी धुम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा देशैभरका कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी भएका थिए । सो प्रतियोगितामा काठमाडौं मोडल कलेज बागबजार, काठमाडौं प्रथम, सिद्धार्थ वनस्थली इन्स्च्यिुट काठमाडौं द्वितीय र तृतीयमा ज्ञान ज्योति मा.वि. वीरगञ्ज तथा पञ्चोदय मावि धनगढीका विद्यार्थी विजयी भएका छन् ।
उक्त प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद छ । तृतीय स्थानमा दुईवटा विद्यालयले समान अंक प्राप्त गरेका कारण पुरस्कार संयुक्तरूपमा प्रदान गरिने फाउण्डेशनले जनाएको छ । सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ । सबै विधाका प्रतियोगिता ‘भर्चुअल’ माध्यमबाट सञ्चालन गरिएको थियो ।
फाउन्डेसनका संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतनामूलक अभियान सञ्चालन गर्नुभएको थियो । सोही क्रममा ‘स्कुल हेल्थ प्रोग्राम’को रचनात्मक कार्यक्रम गरिएको फाउण्डेशनले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच