
काठमाडौं । विश्व सामाजिक मञ्च २०२४ को १६औं संस्करणमा अपांगता सवालमा धेरैको चासो बढेको देखिएको छ । अपांगता भएका व्यक्तिहरूको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालको मुख्य नेतृत्वमा र हयान्डिक्याप इन्टरनेश्नलको साझेदारीमा आइतबार काठमाडौंको भृकुटीमण्डप सभाहल तथा नेपाल ल क्याम्पसमा अपांगतासम्बन्धी सवाल र विषयमा सम्पन्न भएका तीनवटा छुट्टाछुट्टै अन्तक्र्रिया कार्यक्रमहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अपांगता भएका व्यक्तिलगायत अपांगता नभएका व्यक्तिहरूको उल्लेख्य सहभागिताले सो कुरा झल्काएको देखिन्छ ।
‘अपांगता भएका व्यक्तिको संस्थाहरूको सञ्जाल : सामाजिक समावेशी तथा अपांगता अधिकारमा अन्तर्राष्ट्रिय स्तरको सहकार्यमा सबलीकरण’ विषयमा सम्पन्न पहिलो कार्यक्रममा अपांगता सवाल बारे अन्तर्राष्ट्रिय स्तरदेखि वकालत गर्न एक क्षेत्रीयस्तरको अपांगतासम्बन्धी सञ्जाल आवश्यकता रहेको सहभागिहरूले औंल्याएका थिए ।
त्यसैगरी ‘परियोजनामा सरोकारवालाको सहभागिता-व्यक्तिहरूको पहिलो प्रभावसम्बन्धी पद्धति’ विषयक दोस्रो कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले अपांगता भएका व्यक्तिहरूलाई आफ्ना परियोजनामार्फत पारेको पहिलो प्रभावले अत्यन्तै महŒवपूर्ण भूमिका खेल्ने बताइएको थियो ।
यसैगरी ‘अपांगता समावेशी सामाजिक विकासमा नागरिक समाजको पहल’ विषयक तेस्रो कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको सवाललाई नागरिक समाजले आफ्नो सवालमा समेटेर नलगेसम्म अपांगता सवाल समावेशीताको अर्थ नै नहुने निष्कर्ष निकाल्दै सहभागीले अबका दिनमा नागरिक समाजले यसका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो ।
यी तीनैवटा कार्यक्रममा अपांगता भएका व्यक्तिहरूका लागि काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हृयाण्डिक्याप इन्टरनेशनललगायत अन्य विभिन्न संस्थाको सक्रिय सहभागिता थियो । उक्त तीनैवटा कार्यक्रमहरूमा अपांगता सवालमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संघसंस्थाका प्रतिनिधि प्यानलिष्ट वक्ताको रूपमा रही आ-आफ्नो देश तथा अपांगताको क्षेत्रगत हिसाबबाट प्रस्तुति दिएका थिए । यसका साथै उनीहरूले सहभागीबाट उठाइएका विभिन्न प्रश्नलाई सम्बोधन पनि गरेका थिए ।
सोही क्रममाः बंगलादेशबाट सहभागी हुनुभएका नेशनल काउन्सिल अफ डिसेबल्ड बुमन बंगलादेशका अध्यक्ष नासिमा अख्तरले ‘अपांगताको अवस्था बंगलादेशसँग मिल्दोजुल्दो रहेको जानकारी दिनुहुँदै अपांगता भएका व्यक्तिको संस्थाहरूबाट थुप्रै प्रयास भएको कारणले नै बंगलादेशमा अपांगतासम्बन्धी विषयमा सकारात्मक परिवर्तन आएको बताउनुभयो ।’
त्यसैगरी डिसेबिलिटी अर्गनाइजेसन्स ज्वाइन्ट फ्रन्ट श्रीलंकाबाट सहभागि हुनुभएका सो संस्थाका महासचिव निहाल पारानागामाले ‘अपांगता भएका व्यक्तिले धेरै चुनौतीको सामना गर्नु परिरहेको तथा अपांगता भएका व्यक्तिको संस्थाहरूमा पनि समन्वयको कमी रहेको बताउनुभयो ।’
यसैगरी भारतबाट प्रतिनिधित्व गर्नुभएका एकता भारतका मोविलाइजर अर्जुन खाराले ‘अहिले सबै अपांगता भएका व्यक्तिहरूले परिचय पत्र तथा आधार कार्ड पाइसकेको तथा भारतीय सरकारले बनाएको नीतिअनुसार अपांगता भएका व्यक्तिहरूले घरसमेत पाइसकेको’ बताउनुभयो ।
‘अर्को विश्व संभव छ’ भन्ने नारासहित काठमाडौंको भृकुटीमण्डप तथा सो वरपर रहेका स्थानहरूमा फागुन ३ देखि ७ गतेसम्म सञ्चालन भइरहेको विश्व सामाजिक मञ्च २०२४ मा विशेषगरी १३ वटा थिममा बहस तथा छलफल भएका थिए । जसमा नेपाललगायत विश्वभरका ९२ देशका नागरिक समाजका प्रतिनिधिले सहभागिता जनाएको आयोजकले जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच