शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को उपाधि दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुरले जितेको छ । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा बाँकेको कोहलपुरस्थित क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको हो । मंगलबार सम्पन्न फाइनल खेलमा नेत्रहीन क्रिकेट संघ बर्दियालाई ८० रनले हराउँदै कञ्चनपुरले उपाधि जितेको हो ।
बर्दियाले टस जितेर ब्याटिङ रोजेको थियो । कञ्चनपुरले बर्दियाका लागि ३ विकेटको क्षतिमा २१८ रनको लक्ष्य दिएको थियो । बर्दियाले जवाफी ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा निर्धारित २० ओभर खेल्दै १३७ रन बनाएको थियो । ८० रनले बर्दियालाई पछाडि पार्दै कञ्चनपुर नेत्रहीन क्रिकेट प्रतियोगिता, २०२४ को विजेता भएको छ । १०६ रन बनाउँदै कञ्चनपुरका दुर्गादत्त पौडेल प्लेयर अफ दि म्याच हुनुभएको छ ।
नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को प्लेयर अफ दि सिरिज पदमबहादुर बडैला हुुनुभयो । उहाँले प्रतियोगितामा ३१२ रन तथा ४ विकेट लिनुभएको थियो । विजेता र उपविजेता टोलीलाई कोहलपुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख लालबहादुर रानाले शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गर्नुभयो । उहाँले आगामी दिनमा नगरपालिकाको बजेट तथा कार्यक्रममा अपांगता खेलकुदलाई बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच