काठमाडौं । ज्ञानोदय द चाँदबाग स्कुल दोस्रो कम्फेस्टअन्तर्गत यू-१२ ब्वाइज बास्केटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । बाँसबारीस्थित आयोजक द चाँदबाग स्कुलको कोर्टमा ज्ञानोदयले बौद्ध चिल्ड्रेन हेभनलाई ९-८ ले पराजित गर्यो । प्यारागनले जेभियर इन्टरनेसनललाई २०-७, गुहृयेश्वरीले बिडिएसलाई १०-२ र मनास्लुले होली भिजनलाई १४-६ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।
इू-१२ गल्र्स बास्केटबलमा निसर्ग वाटिकाले लिटिल वन्डरलाई ५-२, चेल्सीले चाँदबाग ‘ए’ लाई १०-५, रिब्सले चाँदबाग ‘बी’ लाई ८-३ र बौद्ध चिल्ड्रेन हेभनले काष्ठमण्डपलाई १२-२ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाए ।
यू-१२ ब्वाइज फुटबलमा चाँदबाग ‘बी’ ले लिटिल वन्डरलाई ५-४ (टाइब्रेकर), जेभियरले संस्कृतिलाई २-१, बोधीसदनले एलआरआईलाई ३-०, गुहृयेश्वरीले रिब्सलाई १-०, जोन डेवीले रेडियन्ट पब्लिकलाई १-०, क्याम्पियनले चाँदबाग ‘ए’ लाई ३-२, टिआइएले चाँदबाग ‘सी’ लाई ५-० र काष्ठमण्डपले थ्रीस्टारलाई २-० गोलले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
यस्तै, भक्तपुर नगरपालिका दोस्रो कीर्तिपुर नगरपालिका यू-१८ राष्ट्रव्यापी अन्तरस्थानीय तह पुरुष बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर नगरपालिकाको आयोजनामा कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगितामा भक्तपुरले तारकेश्वर नगरपालिकालाई ८८-७५ ले पराजित गर्यो ।
प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल ललितपुर र कीर्तिपुर, नागार्जुन र काभ्रे, अन्नपूर्ण र बुटवल तथा भक्तपुर र म्याग्दीबीच हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच