काठमाडौं । पूर्वमिस नेपाल नम्रता श्रेष्ठ ब्राण्ड एम्बेसडर रहनुभएकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमबीच प्रतियोगिताको सातौं संस्करण घोषणा गरेको हो ।
प्रतियोगिताका शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा विभिन्न उपहारसमेत जित्न सक्नेछन् ।
आगामी मार्च ९ गतेबाट छनौट चरणको अडिशन हुने प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाले अनुमान लगाउनुभयो ।
‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेशासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम खल्ती एपमा उपलब्ध छ ।
छनौट चरणमा छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायत प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।
अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेशा रोजेका र अध्यायन गरिरहेकालाई पेशा र समाजप्रति थप उत्तरदाइत्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच