काठमाडाैं । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीसँग विपक्षी दलले उठाएका प्रश्नहरूको जवाफ माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले संसद्मा उठाएमा विषय र मुद्दालाई सम्बोधन गर्न माग गर्नुभयो ।
बर्तौलाले भन्नुभयो, हामीले सरकारसँग आग्रह गरेका छौँ, हामीले उठाएका यी ज्वलन्त विषयवस्तु र मुद्दाहरूलाई सम्बोधन गरियोस् । यदि सरकार प्रत्येक दिन संसद्लाई छलेर भागिरहन्छ भने म विनम्रताका साथ आग्रह गर्न चाहन्छु, सरकार आज भाग्ला, ६ गतेदेखि भाग्दै छ, १० गते पनि भाग्यो, आज पनि भाग्यो, १३ गते भाग्ला, १४ गते भाग्ला, कति गतेसम्म भाग्दै जानुहोला, सम्माननीय प्रधानमन्त्रीज्यू, हामीसँग यति तागत छ कि नाकमा नत्थी लगाएर संसद्मा ल्याउनुपर्ने परिस्थितिमा प्रमुख प्रतिपक्षी र प्रतिपक्षीहरूलाई नपु¥याइयोस् ।’
उहाँले आगामी बैठकमा प्रधानमन्त्रीले उपयुक्त जवाफ दिनुपर्ने र मन्त्रीहरूलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफ आउनुपर्ने बताउनुुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच