कालीकोट । निमार्ण सुरु भएको ३८ वर्षपछी बहुचर्चित कालीकोटको एकमात्र सुनथराली विमानस्थलको सोमबार उद्धाटन गरिएको छ ।
सोमबार नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीद्धारा सुनथराली विमानस्थलको उद्धाटन गरिएको हो ।
०४२ सालमा निमार्णकार्य थालिएको सुनथालीमा ०७३ साल माघ २९ गते कच्ची धावनमार्गमा तारा एयरको जहाजमार्फत पहिलोपटक परीक्षण उडान गरिएको थियो । त्यसको ८ वर्षपछि आइतबार बिहान पुनः तारा एयरको विमान अबतरण गरेर दास्रोपटक परीक्षण उडान गरिएको थियो ।
विमानस्थल उद्धाटनका लागि सोामबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही सहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा विमान अवतरण गरेर विमानस्थलको उद्घाटन गरिएको बताइएको छ ।
विमानस्थलको उद्धाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निकै लामो त्याग तपस्या र संघर्षका बाबजुद सुनथराली विमानस्थलको उद्धाटन गरिएको बताउनुभएको छ । रक्षामन्त्री खड्काले विमानस्थल निमार्णका क्रममा ज्यान गुमाएका ३६ जना मजदुरहरुलाई सम्झिँदै दुख ब्यक्त गर्नुभयो ।
विमानस्थल उद्धाटननै भएन भनेर पटकपटक चर्चा हुन्थ्यो बल्ल आज उद्धाटन भयो, यो ठुलो कुरा होइन, ‘उहाँले भन्नुभयो, धेरैको रगत र पसीना बगेको यो विमानस्थलमा नियमित हवाई उडान हनु कालीकोटबासीका लागी खुसीको कुरा हुनेछ यसको नियमितताका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार लागि पर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
हुन त कर्णालीकै केहीँ विमानस्थल उद्धाटनपछी उडान बन्द भएका छन् तिनका आ–आफनै समस्या र बाध्यता रहेका छन्् कोटवाडा विमानस्थलमा नियमित उडान हुनेमा कुनै शंका नै नरेहको रक्षामन्त्री खड्काले आश्वासन दिलाउनुभयो ।
विमानस्थल उद्धाटन सत्रमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पटकपटक यो विमानस्थल उद्धान गर्ने मिति तोकिँदा पनि सम्भव नभएका कारण यो पटक तोकिएकै समयमा उद्धाटन गरिएको जानकारी गराउनुभयो । साथै मन्त्री किराँतीले सुनथरालीमा हप्ताको एकपटक यात्रुको फ्लो र संख्यालाई मध्यनजर गरेर नियमित हवाई उडान भर्ने बताउनभएको छ ।
कालीकोट मात्र नभएर अहिले कर्णालीका अन्य जिल्लामा सञ्चालन गरिएका विमानस्थलहरुमा समेत नियमित उडान हुन सकिरहेको छैन् ।
विमानस्थलको अबस्था यात्रुको चापलाई हेरेर हप्ताको एकपटक भएपनि कोटबाडामा रहेको सुनथराली विमानस्थलमा नियमित उडान भर्ने मन्त्री किराँतीले प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले सातवटै प्रदेशमा एक/एक नेपाल एयरलाइन्सको जहाज दिने उद्घोष गर्नुभयो ।
०४२ सालदेखि निर्माण सुरु भएको यो विमानस्थल एक वर्षअघि मात्रै कालोपत्रे भएको थियो भने उद्धाटन नहुँदा कालीकोटबासीको ‘चिलगाडी’ चढ्ने सपना पुरा हुन सकेको थिएन । ०७३ माघ २९ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गराएयता जहाज आएको थिएन ।
कहीँले स्थान छनोटको विवाद, कहिले बजेट अभाव त कहीँले सशस्त्र द्वन्द्वको असरले कामले गति लिन नसक्ँदा कोटवाडा विमानस्थल काम सकिएरपनि जहाज नआउने विमानस्थलका रूपमा चर्चामा रह्यो । विमानस्थल बने पनि त्यहाँ पुग्ने पक्की सडक, सदरमुकाम मान्मबाट कोटवाडा जोड्ने केबुलकार निर्माण भएपछि मात्र विमानस्थल पुग्न सहज हुने भएकाले अझै थप प्रयास गर्नुपर्ने सरोकारवालाको भनाइ छ । उद्घाटनमै ३८ वर्ष लागेपनी उद्धाटनपछी हवाई नियमित उडान गराउनुपर्नेमा यहाँका स्थानीयको माग छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच