काठमाडौं । नइ प्रकाशनले चार स्रष्टालाई २०७९ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
अभिनय, नाटक र हास्यव्यंग्यका क्षेत्रमा योगदान दिएबापत शैलेन्द्र सिम्खडालाई ६० हजार रुपैयाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ अर्पण गरिने भएको छ । यस्तै, राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान दिने झापाकी रीमा पाण्डे ‘मिनी’लाई ५० हजार रुपैयाँको ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार डा.साधना प्रतीक्षालाई ५० हजारकै ‘नइ देरुनीख गौरव पुरस्कार’ र मिस नेवा नितु डंगोललाई २५ हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौैरख पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच