काठमाडौं । एसडी प्रोमो मिडियाले इइपिसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो आयोजना गर्ने भएको छ । फागुन १७ देखि १९ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो हुने आयोजक संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । एसडी प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताउनुभयो ।
एक्स्पोमा सबैभन्दा ठूलो बी टु बी मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटरी तथा विश्लेषणात्मक समाधानका साथै विभिन्न नवीन प्रयोग तथा उत्पादन रहने उहाँले जानकारी दिनुभयो । केमसान नेपालका अध्यक्ष भक्तबहादुर हमालले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष नयाँ आविष्कार हुने भएकाले ती प्रविधि अस्पतालसम्म पुर्याउने उद्देश्यले एक्स्पो गर्न लागिएको बताउनुभयो ।
प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न आठ देशका उत्पादकले आठ सय बढी ब्राण्ड र हजारभन्दा बढी उत्पादन रहने आयोजकले जनाएको छ । प्रदर्शनी अस्पतालका प्रमुख, डाक्टर, रोग विशेषज्ञ, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञ, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा बिक्रेताका लागि मुख्य आकर्षण हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच