काठमाडौं । अभिनेत्री नन्दिता केसी वैवाहिक बन्धनमा बाँधिने हुनुभएको छ । उहाँले यही फागुन १९ गते शनिबार कार्डियोलोजिस्ट डा.अरविन्द्र कटवालसँग विवाह गर्न लाग्नुभएको हो । नन्दिताका प्रेमी डा.अरविन्द्र अमेरिकाको नर्थ क्यारोलिना बस्नुहुन्छ ।
नन्दिता र अरविन्द्रको भेट ६ महिनाअघि भएको थियो । मागी विवाह गर्नेगरी भेटघाट भएको यी दुईको केही दिनअघिमात्र क्यानडाको बान्फमा इन्गेजमेन्ट भएको हो ।
आइतबार नन्दिताले आफ्नो रिलेसनसिप स्टाटस ‘सिंगल’ नरहेको भन्दै प्रेमीसँगको तस्वीर सार्वजनिक गर्नुभएको थियो । इन्स्टाग्रामबाट उहाँले आफू सम्बन्धमा रहेको उल्लेख गर्नुभएको थियो । नन्दिता पछिल्लो समय अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएको छ । विवाहका लागि उहाँ एक महिनाअगाडि नेपाल आउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच