
काठमाडौं । नेपाली महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले राम्रो फुटबल मैदानमा अभ्यास गर्न नपाउँदा उपाधिबाट चुक्नुपरेको बताउनुभएको छ । वाफ च्याम्पियनसिपको उपविजेता बनेर फर्किएको नेपाली टोलीका बारेमा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालमा पनि दशरथ रंगशाला र च्यासलमा समेत अभ्यास गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले फाइनल खेलमा सावित्रा भण्डारी नभएका कारण पनि उपाधि जित्न असर परेको बताउनुभयो । उहाँले साम्बा नभएसँगै जोर्डन नेपालमाथि केही हाबी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आफैंले प्रयास गरेको हो, उहाँहरूले अनुमति दिनुभयो । साफसम्म गर्ने सोच बनाएको छु । तर, के गर्नुहुन्छ । साम्बा नभएपछि कमी महसुस भयो । साम्बा नहुनेबित्तिकै अघि बढ्न सकेनौँ । साम्बा भएको भए गेम नै जित्छाँै । दशरथ रंगशाला र च्यासलमा अभ्यास खेल खेल्न पाइएन । त्यस्तो मैदानमा खेल्ने हो भने यसरी हुँदैन । दिनको एकपटक अभ्यास गर्नुपर्छ ।’
वाफ च्याम्पियनसिपको उपविजेता नेपाल शुक्रबार राती स्वदेश फर्किएको हो । नेपाल फाइनलमा जोर्डनसँग ट्राइबेकरमा ५-३ ले पराजित भएको थियो । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच