काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराउनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजनै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहनुभएको बेला मन्त्री अनितादेवीले विधेयक प्रतिनिधि सभामा दर्ता गराउनु भएको हो।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेको तलब भत्ता, कर्मचारी सञ्चय कोष, बिमा, उपचार खर्च, चाडपर्व खर्च, उपदान, निवृत्तिभरण, पारिवारिक निवृत्तिभरण र उपदान, बेपत्ता भएको कर्मचारीको निवृत्तभरण र उपदान, पारिवारिक निवृत्तिभरण सम्बन्धी विशेष व्यवस्था, योगदानमा आधारित निवृत्तिभरण र निजामती कर्मचारीको सेवा शर्तको सुरक्षा लगायतका प्रस्तावित व्यवस्था हाल प्रचलनमा रहेको निजामती सेवा ऐन, २०४९ मा रहेका कानूनी प्रावधानको निरन्तरताको रुपमा राखिएको छ ।
साथै, सङ्घीय निजामती सेवा भ्रष्टाचारमुक्त, व्यावसायिक, जनउत्तरदायी, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जबाफदेही, स्वच्छ, सक्षम, दक्ष र प्रविधिमैत्री हुने र सङ्घीय निजामती सेवा अविच्छिन्न, गैरराजनीतिक र स्थायी सेवाको रूपमा विकास हुने विधेयकमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच