कालीकोट । नेकपा एमाले कालीकोटको जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वबारे विभिन्न अड्कलबाजी सुरू भएका छन् । जिल्लाको कमाण्ड सम्हाल्न नेताहरूबीच आन्तरिक रस्साकस्सी सुरू हुन थालेको हो ।
यहीँ फागुन २० गते बसेको ८औँ जिल्ला पूर्ण बैठकले चैत्र २१, २२ र २३ गते सम्पन्न हुनेगरी जिल्ला अधिवेशनको मिति तय गरेपछि जिल्ला कमिटीको नेतृत्व लिन नेता तथा कार्यकर्ताहरुले विभिन्न पदमा आकांक्षा देखाएका हुन् ।
यसैबीच नेकपा एमाले कालीकोटका उपसचिव ब्यासी तिरुवा विकासले चैत्र २१ गतेदेखि सुरु हुने नेकपा (एमाले) कालीकोटको ११ औँ जिल्ला अधिवेशनमा जिल्ला सचिव पदमा आफ्नो उम्मेदवारी रहने दाबी गर्नुभएको हो ।
उपसचिव तिरुवाले जिल्लाको अधिवेशन मिति नजिकिँदै जाँदा जिल्ला कमिटीको नेतृत्व लिनका लागि नेताहरुले विभिन्न पदका लागि आफ्ना आकांक्षा प्रकट गरेको र आफूले पनि पार्टी सचिवका लागि उम्मेदवारी रहने दाबी गरेको हिमालय टाइम्सलाई बताउनुभयो ।
पार्टीको जिल्ला सचिवमा दाबी गरेका तिरुवा ०५७ सालमा तत्कालीन नेकपा माओवादी जनमुक्ती सेनामा काम गर्दै सेनाको विभिन्न तहको नेतृत्व गर्दै युद्ध मोर्चामा सहभागी हुने क्रममा घाइते जीवन बिताउँदै शान्ति पक्रियापछि देशमा भएको राजनैतिक उथलपुथलका बाबजुत २०७६ सालमामा नेकपा एमालेमा समायोजन हुनुभएको थियो ।
एमालेमा समायोजन भएपछि तिरुवा नेकपा एमालेको राजनीतिमा सक्रिय रुपमा लाग्नुभयो । राजनीतिक रुपमा सक्रिय हुनुभएका उहाँ २०७८ पुस २३ गते पार्टीको १० औँ जिल्ला अधिवेशनमा जिल्ला उपसचीवमा भारी मतले विजयी हुनुभएको थियो ।
पार्टीका हरेक गतिविधिमा निरन्तर कामकाज र निष्ठावान ढंगले काम गर्दै जानेक्रममा २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले कालीकोटले तिरुवालाई सान्नीत्रिवेणी गाउँपालिका अध्यक्षको रुपमा पार्टीको तर्फबाट टिकट समेत उपलब्ध गराएको थियो ।
एमालेको जिल्ला पार्टी सचिव पदमा आंफूले जिम्मेवारी पाएको खण्डमा पार्टीको संगठन र गतिविधिलाई चुस्त र सक्रिय बनाई नेकपा एमालेलाई कालीकोटकोे पहिलो र बलियो पार्टी बनाउन आफू लाग्ने बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच