काठमाडौं । हिमाली जिल्ला दोलखामा उत्पादित दुग्धजन्य पदार्थ अब काठमाडौंमा पनि पाइने भएको छ । दोलखा दुग्ध उद्योग लिमिटेडले काठमाडौंको शान्तिनगरमा आउटलेट सञ्चालनमा ल्याएको छ । उक्त आउटलेटमा दोलखा दुग्ध उद्योगका हिमाली ब्राण्डका दुग्धजन्य पदार्थ घिउ, बटर, छुर्पी, खुवा, पेडा र पनिरलगायत उपलब्ध हुने उद्योगका अध्यक्ष लालकुमार केसीले जानकारी गराउनुभयोे ।
दोलखाको पूर्व जिल्ला विकास समिति सभापतिसमेत रहनुभएका अध्यक्ष केसीका अनुसार निजी, साझेदारी लगानीमा स्थापना भएको दोलखा दुग्ध उद्योगले हाल दैनिकरूपमा पाँच हजार लिटर दूध संकलन गर्दै आएको छ । आगामी दिनमा दूध संकलन बढाएर १० हजार लिटर पु¥याउने लक्ष्य रहेको छ । हाल स्थानीय किसानबाट संकलित पाँच हजार लिटर दूधमध्ये दुई हजार लिटर स्थानीय बजारमा खपत हुने गरेको केसीले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच