नमागिएको सल्लाह :
पन्ध्र महिनाको अवधिमा तीनवटा राजनीतिक समीकरणमा फेरबदल भए तापनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड निरन्तर कायम हुनुहुन्छ । उहाँलाई कांग्रेस र एमाले दुई ठूला दलको काँध फेरि–फेरि प्रधानमन्त्री बन्ने सुविधा प्राप्त छ । दाहालका लागि सौभाग्यको विषय चाहिँ ठूला दुई दल नमिल्नु र तेस्रो दल माओवादीलाई पट्याउँन ती दलले सबै सामथ्र्यको प्रयोग गर्नु रहेको छ । गत बुधबार संसद्मा उहाँले विश्वासको मत प्राप्त गर्नुभयो तर पहिलेको जस्तो सहज तरिकाले होइन । नेपाली कांग्रेसको संस्थापन पक्षले गर्ने पवित्र/अपवित्र सबै किसिमका चलखेलको कारण दाहालको सत्ता यात्रा काँडाले ढाकिएको वनमा दगुर्न खोजेको जस्तो हुने सम्भावना छ ।
सभापति देउवालाई अर्को पटक प्रधानमन्त्री हुने ज्योतिषीको भविष्यवाणी पूरा नहोला कि भन्ने चिन्ताले सताएको छ । सानातिना भुरेटाकुरे पार्टीहरूलाई सत्तासीन बन्नका लागि रेड कार्पेट ओछ्याउँन भ्याइनभ्याइ छ । साना पार्टीका नेताहरू समातेर प्रधानमन्त्री बनाइदेलान् भनेर भागेर हिँड्नुपरिरहेको छ भनेर ठूला पार्टी खास गरी कांग्रेसलाई खिसिटिउरी गरिरहेका छन् । साना पार्टीको फूर्ति दिनानुदिन बढिरहेको अवस्थामा संसद्को ठूलो दल नेपाली कांग्रेसका सभापति देउवाबाट प्रधानमन्त्री पद टाढा-टाढा भागिरहेको छ । दश सिटे एकीकृत समाजवादीका नेतासमेत प्रधानमन्त्रीको भागबण्डामा परेपछि देउवाको सत्तायात्रा अझ दुरुह बनेको छ । मुलुकमा सडक यातायातलगायत भौतिक पूर्वाधारको नाजुक अवस्था छ । पर्यटनलाई समृद्धिको आधार भनेर प्रचार भइरहेको छ तर पोखरा, लुम्बिनीलगायत पर्यटकीय गन्तव्यमा जाने सडक यातायातको अवस्था वैरागलाग्दो छ ।
कांग्रेससँगको समीकरणलाई छापामारका पूर्वकमाण्डर प्रधानमन्त्रीले छापामार शैलीबाट भत्काइ दिए । राति सुतेर उठ्दा सबै कुरा भताभुंग भइसकेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन अर्थमन्त्री महतले अटेर गरेको र आफ्ना नेता देउवाप्रतिमात्र आशक्त भएकोमा क्षुब्ध थिए ।
राजधानी काठमाडौं प्रवेश गर्ने नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम स्थानीय अवरोधका कारण ठप्प छ, यसको समस्या समाधान गर्न कतैबाट सार्थक पहल भइरहेको छैन । २०० किलोमिटर सफा र खाल्डाखुल्डी नभएको बाटोमा यात्रा गर्न असम्भव छ । आएका पर्यटकहरू पनि थिति नभएको देश कस्तो हुँदोरहेछ भनेर हेर्न आएको हो कि भन्नुपर्ने अवस्था छ । नागरिकको सेवा प्रवाहको बेपर्बाहले त सीमा नाघिसकेको छ । अर्थतन्त्रको बाहृयपक्षमा सुधार आए पनि आन्तरिक रूपमा शिथिलता बढ्दो छ । आर्थिक चहलपहल र गतिविधि बढ्न सकेको छैन । जनतामा निराशा, आक्रोश बढ्दो छ । नेताहरू भने समीकरण बनाउने र भत्काउने खेलमा व्यस्त छन् ।
कांग्रेसबाहेकको समीकरण र कांग्रेसको अधैर्य
कांग्रेससँगको समीकरणलाई छापामारका पूर्वकमाण्डर प्रधानमन्त्रीले छापामार शैलीबाट भत्काइ दिए । राति सुतेर उठ्दा सबै कुरा भताभुंग भइसकेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन अर्थमन्त्री महतले अटेर गरेको र आफ्ना नेता देउवाप्रतिमात्र आशक्त भएकोमा क्षुब्ध थिए । उनको इच्छा अनुसार मन्त्रिमण्डल पुनर्गठन गर्न नपाएकोमा कांग्रेसप्रति उनको असन्तुष्टि चुलिँदो थियो । सार्वजनिक रूपमा घोषणा गरेको मन्त्रिमण्डल पनि परिवर्तन गर्न नसक्दा लोकलाज पनि बढ्दो थियो । केही दिनअगाडि सम्पन्न महासमिति बैठकमा नेपाली कांग्रेसले चुनावअघि गठबन्धन नगर्ने निर्णय गरेपछि प्रचण्डको असन्तुष्टिले विद्रोहको रूप लियो । तेस्रो पार्टी बनेर बाक्लो तर खान बानी परेका प्रचण्डको आँखाको अगाडि २०८४ बाटो कठिन लागेपछि पहिले शत्रुवत् सम्बन्ध भएका ओलीसँग सहकार्य गर्न तत्पर बनेका होलान् भन्न मिल्ने अवस्था बनेको छ ।
प्रधानमन्त्री दाहालमा सकारात्मक पक्ष नभएका होइनन् । अहिलेका समकालीन नेतामा बिरलै पाइने केही गर्न पाए हुनेथियो भन्ने हुटहुटी उनीमा महसुस गर्न सकिन्छ । त्यो हुटहुटीमा कांग्रेसको देउवाको अनिर्णयको पट्यारलाग्दो शैली बाधक बनेको पनि हुन सक्दछ । अहिले माधव नेपालसमेत गोलमा पसेपछि प्रधानमन्त्रीको कार्यकाल घटेता पनि ओलीसँग सम्झौता भएको अवधिमा एक वर्ष बढ्ने र त्यो बढेको अवधिमा पनि केही गर्छु भन्ने पनि प्रधानमन्त्रीलाई लागेको हुनसक्दछ ।
देउवालाई सामुन्ने देख्दा कस्तो मानिसलाई मैले प्रधानमन्त्री पद हस्तान्तरण गर्दैछु भनेर यो परिस्थितिबाट देशलाई निकास दिन्छु भन्ने पनि लागेको हुन सक्दछ । प्रधानमन्त्रीलाई यस्तो लागेर निर्णय गरेको हो भने देउवाको निराशाजनक कार्यकालबाट उन्मुक्ति मिलेको महसूस नेपाली जनताले गरेका छन् । नेपाली समाजमा बढिरहेको निराशामा देउवा कार्यकाल झन् निराशाजनक हुनेमा शंका थिएन । नयाँ समीकरण बन्नमा उत्तर छिमेकीको गृहकार्य सफल भएको अर्थमा व्याख्या गरिएको छ ।
यसको प्रतिवादमा एमाले नेता ओलीले यो समीकरण अरू कसैले नबनाएर आफूहरूले बनाएको बताएका छन् । ओलीले जति नै प्रतिवाद गरेता पनि, आफ्नो रुग्ण शरीरलाई उपचार सुविधा प्रदान गरी पुनर्जीवन दिने भूमिको स्वार्थमा तल्लीन भएर गृहकार्य गरेका पुनहरूको प्रयास सफल भएकोमा उत्तर छिमेकी पुलकित भएको विषय पछिल्ला केही घटनाक्रमले पुष्टि गरिसकेका छन् ।
नेपाली कांग्रेस एक ढिक्का बनेर गृहकार्य गरेको अवस्थामा यो समीकरणको आयु लामो हुनेछैन । त्यस्तो अवस्थामा अहिले दृश्यमा देखिएका कुनै पार्टी फुट्नबाट जोगिने सम्भावना कम छ । जनमतबाहेक कुनै पनि साना पार्टीको वैचारिक धरातल कमजोर छ । केही घटनाक्रमले यो रोगले जनमत पार्टीलाई पनि संक्रमण गरिसकेको भान भएको छ । त्यस पार्टीका अध्यक्षको तुलनात्मक रूपमा कम लालच, सत्तामोह र जीवन र जगतलाई बुझ्ने आध्यात्मिक चेतको कारण यो पार्टीभित्र कम प्रदूषण हुने आँकलन गर्न सकिन्छ । कांग्रेसभित्रको फरक विचार समूह सत्ता प्राप्ति र गठबन्धन बनाउने भत्काउँने खेलमा कम्तीमा आगामी १५औं महाधिवेशनसम्म मनदेखि लाग्ने छैन ।
सत्तामा बसेका साधन स्रोत सम्पन्न देउवा र राजनीतिलाई सत्ता र द्रव्यले मात्र निर्देशित गर्छ भन्ने मान्यता बोकेको देउवाको किचेन क्याबिनेटसँग जुध्न सकिँदैन भन्ने बुझेको साधन स्रोतमा निरीह अवस्थामा रहेको अर्को विचार समूह प्रतिपक्षमा बसेर अधिवेशनको सामना गर्नमा आफूलाई अनुकूल ठान्दो हो भन्ने विश्लेषण गरिँदैछ । प्रधानमन्त्रीले छापामार शैलीले समीकरण तोडेको आक्रोशमा विवादित व्यक्तित्व भएका रवि लानिछानेलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्तावित गर्यो भन्ने समाचार बाहिरिएको छ । रास्वपाका एक नेताले त्यस्को पुष्ट पनि गरेका छन् । यसो गरेको भए कांग्रेसले अधैर्य प्रदर्शन गरेको भन्न सकिन्छ । वैचारिक आधारमा तहसनहस भएको कांग्रेसले प्रतिपक्षमा बसेर प्रलोभनको आधारमा विस्तार हुँदै गरेको संगठनलाई विचारको आधारमा विस्तार गर्न सकेमा कांग्रेसको दीर्घजीवनका लागि फलदायी बन्न सक्दछ ।
नयाँ समीकरणका चुनौतीहरू
नेपाली समाजमा व्याप्त निराशा चिरेर युवाहरूमा आशाको सञ्चार गराउनु नयाँ सरकारको प्रारम्भिक कार्यभार हो । अर्थतन्त्रमा शिथिलता आएको छ । बाहृयपक्षमा आएको सुधार पनि विप्रेषण आप्रवाह बढेको कारणले हो । स्वदेशमा अवसर नदेखेर विदेश जानु नै युवाहरूको सपना भएपछि यस्तो विप्रेषणले पछि गएर अर्थतन्त्रलाई झन् कमजोर बनाउने निश्चित छ । सस्तो लोकप्रियताका लागि सुनुवाइको मौका पनि नदिई उच्च घरानाका व्यवसायीलाई थुन्ने कामले लगानीको वातावरणलाई कमजोर बनाउँछ । बैंकिङ क्षेत्रका उच्च अधिकारीहरूलाई पनि सुनुवाइको मौका नदिई हिरासतमा लिने कामले एक किसिमको त्रासको मनोविज्ञान सिर्जना गरेको छ । निजी क्षेत्र हच्केको छ । रोजगारी सृजना र पुँजी निर्माणमा उल्लेखनीय भूमिकामा रहेको यो क्षेत्र पछि हटेपछि अर्थतन्त्र झन् कमजोर बन्ने सम्भावना बढेर गएको छ ।
नेपाली समाजमा व्याप्त निराशा चिरेर युवाहरूमा आशाको सञ्चार गराउँनु नयाँ सरकारको प्रारम्भिक कार्यभार हो । अर्थतन्त्रमा शिथिलता आएको छ । बाहृयपक्षमा आएको सुधार पनि विप्रेषण आप्रवाह बढेको कारणले हो । स्वदेशमा अवसर नदेखेर विदेश जानु नै युवाहरूको सपना भएको छ ।
आजका दिनमा जनताको काम पर्ने मालपोत, नापी, यातायातलगायतका कार्यालयमा काम गर्न कुनै सेवाग्राही गयो भनेसक्ने अवस्थाको भए देश छोड्ने कसम खाएर आउँछ । नस्केनेले आँखाबाट आँसु खसालेर बिचौलियाको सहारा लिनुपर्ने अवस्था छ । सेवा प्रवाहमा सुधार गर्ने अहिलेका सबै कामहरू गफमा सीमित भएका छन् । अहिले बनेको सरकारका प्रयास जनताले गफाडीको गफभन्दा बढी लिएका छैनन् । वैश्विक परिवेशमा तनाव बढिरहेको सन्दर्भमा सत्ता परिवर्तन हुनासाथ नफेरिने परराष्ट्र नीति आजको आवश्यकता हो । सत्ता फेरिनासाथ रुसी विदेशमन्त्रीसँग संवाद भएकोमा पहिलेका मन्त्रीले गर्न नसकेको संवाद मैले गर्न सके भनेर प्रचार गराउँन खोज्ने घटनाले हाम्रो विदेश नीतिको स्तर कस्तो रहेछ भनेर सहज अनुमान गर्न सकिन्छ ।
त्यस्तै लगानीको वातावरण बनाउँन सरकार फेरिँदा नफेरिने नीति नियम र मनोवृत्तिको आवश्यकता छ । राजनीतिक नियुक्तिको भागबण्डामा हुने क्रयविक्रय सार्वजनिक हुने र त्यसले समाजमा दिक्दारी र घृणा उत्पन्न गर्ने परिस्थिति यो सरकारका पालामा पनि हुने निश्चित जस्तै छ । प्रधानमन्त्री दाहालमा व्यावसायिक मानिस नियुक्ति गरेर परिणाम प्राप्त गर्नेभन्दा आफ्ना मानिस नियुक्ति गर्दा फायदा हुन्छ भन्ने युद्धकालीन सत्ता कब्जाको मानसिकता अहिले पनि छँदैछ । माधव नेपालहरू आफन्त, नातागोताको लामो सूची बनाउँदै होलान् । ओलीका आसपास बसेर मुख मीठो पार्नेहरूको लाम पनि लामै बनिसकेको होला । अरू सत्ता साझेदार दलका लागि सत्ता कति प्रिय छ भन्ने त नागरिक उन्मुक्तिकी रेशम पत्नीको व्यक्तित्वबाट मन्त्री बनेकी श्रेष्ठ थरकी महिला नेतृले पतिबाट सत्ता कब्जा गरेर देखाइसकेकी छिन् ।
परिस्थिति असहज छ । नियतमात्र सफा र सही भयो भने आधा काम सफल हुन्छ । नेपाली जनताले नेपालका नेताहरूको नियतमाथि नै शंका गरेका छन् । आश गरिएका रवि लामिछाने सहकारी ठगीमा प्रत्यक्ष संलग्न भएको विषयले जुन् जोगी आए पनि कानै चिरेको भन्ने अवस्था बनेको छ । नागरिक उन्मुक्त पार्टीको अवस्था त्यस्तै छ । कुनै पार्टीप्रति जनताले भर गर्ने अवस्था छैन । जनताको यो निराशामा माछो परिहाल्छ कि भनेर पूर्वराजा वल्छी थापेर बसेका छन् । यस्तो अवस्थामा समीकरणको मलजल दिएर दरिद्रताको खेती गर्ने कि ? निराशाको बीचबाट आशाको सञ्चार गराउने हो समीकरणविद् नेताजीहरू ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच