नवलपरासी । झन्डै एक बिघा ७ कट्ठा क्षेत्रफलमा लगाएको गहुँ असिनासहितको वर्षाले ढलाएपछी बर्दघाट १२ भटौलीयाका कृषक दीप प्रकाश लोहनी चिन्तित हुनु भएको छ । 'एरिया भरिमा सबै भन्दा राम्रो गहु मेरै थियो, पुरै गहुँ ढलेको छ खेतको गरामा जमेकाे पानीले गहुँ भिजेको छ, जहाँसम्म अब काम लाग्दैन । धेरै किसानको क्षति भएको छ' लोहनीले भन्नुभयो ।
लोहनी मात्रै होइन यति बेला पश्चिम नवलपरासीका धेरै किसानहरु चिन्तामा परेका छन् । गएराति आएको असिना सहितको वर्षाले काटेर थन्क्याउने बेलाको गहुँ बालिमा क्षति पुर्याएपछि किसान चिन्तित भएका हुन् ।
सोमबार राति परेको असिनापानीले किसानले लगाएको गहुँ बाली,मकै खेती र अन्य तरकारी बालिमा समेत क्षति पुर्याएको छ ।
यस बर्ष जिल्लामा ८ हजार ७ सय हेक्टरमा गहुँ खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा।रबिन्द्र नाथ चौबेले जानकारी दिनुभयो । 'करिब २० प्रतीशत क्षती भएको अनुमान गरेका छौ । जिल्लाका ७ वटा पालिकाबाट तथ्यांक संकलन गर्दैछौँ ।' केन्द्र प्रमुख चौबेले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच