काठमाडौं । विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) अहिले जारी छ । गत शुक्रबारबाट सुरु भएको प्रतियोगितमा कुल १० टोलीको सहभागीता रहेको छ ।
यो प्रतियोगितमा विभिन्न देशका क्रिकेट हस्तीहरू सहभागी भएका छन् । विश्वस्तरीय क्रिकेटरहरुको सहभागीताले पनि आइपीएलको महत्व बढाएको छ । आईपीएल २०२४ मा एउटा नयाँ नियम छ। यसपालि बलरले प्रत्येक ओभरमा दुइटासम्म बाउन्सर प्रहार गर्न पाउने छन्। यसअघि एउटा बाउन्सर मात्र प्रहार गर्न पाउने अनुमति थियो।
टस गरिसकेपछि खेलमा सहभागी हुने खेलाडीहरूको नाम छान्न पाउने चलनलाई यसपालि पनि निरन्तरता दिइएको छ। त्यसमा पाँच वैकल्पिक खेलाडीको नाम पनि पर्छ।
वैकल्पिक खेलाडीमध्ये एक जनालाई मैदानमा पठाउने सुविधा दिने ुइम्प्याक्ट प्लेअरु को नियम गत वर्षदेखि लागु भएको हो। यो नियमलाई यसपालि पनि राखिएको छ। टोलीले सुरुमै मैदानमा चार विदेशी खेलाडी पठाइसकेको छ भने यो नियमानुसार वैकल्पिक खेलाडी भारतीय नै हुनुपर्छ।यसपालि पनि वाइड र नोबलको अपील र रिभ्यू गर्न पाइन्छ।
कुन टिम कस्को ?
के तपाईलाई थाहा छ आईपीएल टोली मालिकको नाम सूचीमा को छ ? आज यस लेखमा हामी तपाईलाई आइपीए टिमका मालिकहरुको नाम र उनीहरुको बारेमा बताउन गइरहेका छौँ।
तपाईलाई थाहा छ आईपीएल खेल कति लोकप्रिय छ। जहाँ विश्वभरका ठूला–ठूला क्रिकेट खेलाडीहरू सहभागी हुन आउँछन् । र हाम्रो देशमा आईपीएल धेरै मन पराइन्छ। आईपीएल सन् २००८ मा सुरु भएको थियो । तर आज पनि आईपीएलको लोकप्रियता समाप्त भएको छैन । बरु झन् बढेको छ । यसअघि आइपिएलमा ८ टिम मात्रै थिए । अहिले आइपीएल खेल्ने टोलीको संख्या दश पुगेको छ ।
आईपीएल टोली मालिक नाम सूची:
- कोलकाता नाइट राइडर्स : शाहरुख खान, जूही चावला, जय मेहता
- सनराइजर्स हैदराबाद : कलानिधि मारन, सन टीवी नेटवर्क
- रॉयल चैलेंजर्स बैंगलोर : यूनाइटेड स्पिरिट्स
- मुंबई इंडियंस : मुकेश अम्बानी, नीता अम्बानी
- लखनऊ सुपरजायंट्स : संजीव गोयनका
- चेन्नई सुपर किंग्स : एनश्रीनिवासन
- गुजरात टाइटन्स : सीवीसी कैपिटल पार्टनर्स
- राजस्थान रॉयल्स : मनोज बडाले लचलान मर्डोक
- दिल्ली कैपिटल्स: जेएसडब्ल्यु ग्रुप
- पञ्जाब किंग्स : प्रीति जिंटा, मोहित बर्मन, नेस्स वडिआ, कारन पॉल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच