दोलखा । पदयात्राकालागि प्रसिद्ध गौरिशंकर गाउँपालिका वडा नम्बर ९ को ना र बेदिङ गाउँमा हेलिप्याड निर्माण गरिएको छ । पर्यटकहरु तथा स्थानीयहरुको आपतकालिन उद्धारकालागि सो हेलिप्याडहरु निर्माण गरिएको हो ।
हेलिप्याड निर्माणपछि च्छोरोल्पा हिमताल र रोल्वालिङ क्षेत्र भ्रमणमा जाने पर्यटकलाई तथा स्थानीहरुको आपतकालिन उद्धारकालागि समेत सहयोग पुग्ने गौरिशंकर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष निमगेली शेर्पाले बताउनु भयो ।
यातायातको कुनै पनि बैकल्पीक साधन प्रयोग गर्न सकिने अवस्था नरहेको रोल्वालिङ क्षेत्रमा आपतकालीन उद्धारका लागि हेलिकप्टरको प्रयोग हुन्छ । रोल्वालिङ पदयात्रा मार्गमा ना र बेदिङ दुईवटा गाउँ भएकाले गाउँपालिकाले दुवै ठाउँमा हेलिप्याड निर्माण गरेको गौरिशंकर गाउँपालिकाले जनाएको छ ।
ना च्छोरोल्पा हिमताल निकट गाउँ हो । च्छोरोल्पा हिमताल, दूधकुण्ड हेर्न जाने पर्यटकहरु ना गाउँ पुगेर बास बस्ने गर्दछन् । त्यस्तै च्छोरोल्पा हिमताल हुँदै टासिलाप्चा पास हुँदै सोलुखुम्बुको नाम्चे जाने पर्यटक पनि नाँ गाउँ हुँदै जाने गर्दछन् । ६ हजार मिटरसम्मका हिमाल आरोहण र हिमाल आरोहणको अभ्यासका लागि पनि रोल्वालिङ क्षेत्रमा विदेशी पर्यटकहरु जाने गर्दछन् ।
हेलिप्याड बनेपछि राहत र उद्धारमा सजिलो हुने गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष निमगेली शेर्पाको भनाई रहेको छ । हेलिकप्टर आउँदा अवतरण गर्ने उपयुक्त स्थान नहुँदा खर्च बढी हुने गरेको स्थानीयहरुको गुनासो बढेपछि हेलिप्याड को निर्माण गरिएको उहाँको भनाई रहेको छ । दुवै ठाउँमा हेलिप्याड निर्माणका लागि गाउँपालिकाले पाँच लाख लगानी गरेको तथा नपुग स्थानीयहरुले श्रमदान गरेको उहाँले जानकारी दिनुभयो ।
ना र बेदिङ सगरमाथा आरोहीको गाउँको रूपमा समेत चिनिन्छ । हालसम्म यहाँका ५६ जनाले सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथा आरोहणबाटै यहाँका शेर्पाले विभिन्न विश्व कीर्तिमान समेत कायम गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच